
काठमाडौं ।
जेम्स मर्डोक र डिज्नीका पूर्व कार्यकारी उदय शंकरको लगानी प्लेटफर्मले भारतको बढ्दो एडटेक बजारमा आफ्नो विस्तार गर्दै गर्दा बोधि ट्रीले एलेन क्यारियर इन्स्टिच्युटमा ६० करोड डलरको हिस्सेदारी लिएको छ।
भारत र मध्यपूर्वका ४६ सहरमा १३८ कक्षाकोठा केन्द्र सञ्चालन गर्ने ३३ वर्ष पुरानो एजुकेशन ब्रान्डमा उनीहरूको लगानी रणनीतिक प्रकृतिको रहेको उनीहरूले बताएको टेकक्रन्चले जनाएको छ।
एलेन – जसले आईआईटी जेईई मेन्स र एडभान्स्ड, एनईईटी-यूजी, केभीपीआई र ओलम्पियाड जस्ता प्रतिष्ठित परीक्षाहरू क्र्याक गर्न खोज्ने विद्यार्थीहरूलाई तयार पार्न मद्दत गर्दछ। यसले बोधि ट्रीसँग मिलेर यसको टेस्ट तयारी अफरलाई फराकिलो बनाउन र “स्केलमा सकारात्मक प्रभाव प्रदान गर्नका लागि काम गर्ने बतायो। प्रविधिलाई मूल चालकको रूपमा प्रयोग गरेर परीक्षणको तयारी र के१२ खण्डहरूमा लाखौं विद्यार्थीहरूको लागि काम गर्ने बताएको छ।
यो सम्झौताले भारतको कोटामा मुख्यालय भएको एलनलाई १ अर्ब डलर भन्दा बढी मूल्य निर्धारण गरिएको टेकक्रन्चले उल्लेख गरेको छ।
एलेन भारतको सबैभन्दा ठूलो कोचिङ संस्थानहरू चलाउँछन्। फर्मले यस्तै सेवा दिने आकाशसँग प्रतिस्पर्धा गर्छ, जसलाई भारतीय एडटेक जायन्ट बाइजुले गत वर्ष लगभग १ अर्ब डलरमा अधिग्रहण गरेको थियो।
भारतीय अनलाइन प्लेटफर्म अनकाडेमीले अन्तिम मूल्य ३.४ अर्ब डलरमा पहिले एलेनलाई अधिग्रहण गर्न खोजेको थियो।
“आफ्नो स्थापना भएदेखि नै, एलेनले विद्यार्थीहरूलाई उनीहरूको उच्चतम क्षमता हासिल गर्न र उनीहरूको करियरको आकांक्षाहरू पूरा गर्न मद्दत गर्न उच्च गुणस्तरको शिक्षा प्रदान गर्नमा ध्यान केन्द्रित गरेको छ,” एलेनका संस्थापक राजेश महेश्वरीले एक विज्ञप्तिमा भने।
भारतीय कम्पनी एलेनमा बोधि ट्रीको दोस्रो लगानी हो जुन यस हप्ता घोषणा गरिएको छ। यसअघि गत बुधबार, फर्मले मुकेश अम्बानी समर्थित टेलिभिजन नेटवर्क भायकम१८ मा १.७८ अर्ब डलर लगानी गरिरहेको बताएको छ।
प्रकाशित: १९ बैशाख २०७९, सोमबार