आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईँदै

  • Technology Khabar | १९ बैशाख २०७९, सोमबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईँदै

काठमाडौं ।

सरकारले आज सोमबार विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदैछ। ‘गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको बिस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ नारासहित सरकारले राष्ट्रिय आइसिटी दिवस मनाउने भएको हो।

यसका साथै राष्ट्रिय आइसिटी दिवसको अवसर पारेर सरकारले यसअघि आएका आवेदनको आधारमा विभिन्न विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड पनि वितरण गर्दैछ।

यस वर्ष नेसनल आइसिटी एक्सिलेन्स अवार्ड, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) र नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) गरी पाँच विधामा राष्ट्रिय आइसिटी अवार्ड प्रदान गरिनेछ।

२०७४ जेठ १९ गते बसेको मन्त्रिपरिषद्‍बाट सो बमोजिम निर्णय भए अनुसार प्रत्येक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस मनाउन थालिएको हो। क्यान महासंघको पहलमा सरकारले राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस घोषणा गरेको थियो।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार