रेडमी नोट १२ सिरिज छिट्टै सार्वजनिक गर्ने शाओमीको संकेत

  • Technology Khabar | १९ बैशाख २०७९, सोमबार
रेडमी नोट १२ सिरिज छिट्टै सार्वजनिक गर्ने शाओमीको संकेत

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले रेडमी नोट १२ सिरिज छिट्टै सार्वजनिक गर्ने संकेत गरेको छ।

यसै वर्षको फेब्रुअरीमा मात्रै रेडमी नोट ११ सार्वजनिक गरेको कम्पनीले त्यस्को ३ महिनापछि नै नोट १२ सिरिज सार्वजनिक गर्ने संकेत देखाएको हो।

यो जानकारी हालै रेडमीका सीईओ लु वेइबिङले आफ्नो वेबो एकाउन्टमार्फत् बाहिर ल्याएका हुन्। उक्त वेबो पोस्टमा लु ले रेडमी चीनमा नोट १२ आउँदै गरेको संकेत सहितको टिजर फोटो राखेका थिए।

वेबोमा लु ले २०२१ यता रेडमी ब्राण्डले बर्सेनि दुई ओटा रेडमी नोट सिरिज सार्वजनिक गर्ने योजना बनाएको उल्लेख गरेका छन्।

यस हिसाबले २०२१को पहिलो त्रैमासमा नोट १० सिरिज र त्यसपछि नोट ११ सिरिज ल्याइएको थियो।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार