भारतको कर्नाटकमा ३ अर्ब डलरको प्लाण्ट स्थापना गर्दै चिप निर्माता आईएसएमसी

  • Technology Khabar | १९ बैशाख २०७९, सोमबार
भारतको कर्नाटकमा ३ अर्ब डलरको प्लाण्ट स्थापना गर्दै चिप निर्माता आईएसएमसी

काठमाडौं ।

इन्टरनेशनल सेमिकन्डक्टर कन्सोर्टियम आईएसएमसीले भारतमा प्लाण्ट स्थापना गर्न ३ अर्ब डलर लगानी गर्ने भएको छ।

कम्पनीले भारतको दक्षिणी कर्नाटक राज्यमा उक्त प्लाण्ट स्थापना गर्ने जानकारी दिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

आईएसएमसी अबुधाबीमा रहेको नेक्स्ट अर्बिट भेन्चर्स तथा इजरायलको टावर सेमिकन्डक्टरको ज्वाइन्ट भेन्चर हो।

अमेरिकी चिप निर्माता इन्टेल कर्पले हालै टावर सेमिकण्डक्टरको स्वामित्व ग्रहण गर्ने योजना बनाएको बुझिएको छ।

भारतको पहिलो सेमिकण्डक्टर फ्याब्रिकेशन यूनिटका रुपमा रहने यो प्लाण्टले १५ सय प्रत्यक्ष तथा १० हजार अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको राज्यको लगानी प्रबर्द्धन विभागले ट्वीटमा लेखेको छ।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार