
काठमाडौं ।
-साजन सुवेदी
नेपालमा यो आर्थिक वर्षको शुरुवाती ९ महिनामा ३२ करोड २ लाख ९१ हजार रुपैयाँ बराबरका राइस कूकर आयात भएका छन्।
बिजुली बत्तिको उपलब्धता बढेको र ग्यासभन्दा सहज हुने भएकाले मानिसहरु केही समययता बिजुलीबाट चल्ने यस्ता होम एप्लायन्सतर्फ बढी आकर्षित हुँदै गइरहेको पाइएको छ।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्मको आँकडा अनुसार नेपालमा उक्त रकम बराबरका २ लाख ५० हजार २९० ओटा राइस कूकर भित्रिएका हुन्।
यीमध्ये सबैभन्दा बढी चीनबाट २९ करोड ८० लाख ६२ हजार रुपैयाँ बराबरको २ लाख ३७ हजार ५१२ ओटा यस्ता उपकरण आएका आयात पाइएको छ।
यसपछि भारतबाट १ करोड ९२ लाख ६१ हजार बराबरको १० हजार ६०७ थान, थाइल्याण्डबाट १३ लाख १७ हजार रुपैयाँ बराबरको १ हजार ७९, कुवेतबाट ७ लाख १२ हजार बराबरको ३२५ थान, क्यानडाबाट ३ लाख ९७ हजार बराबरको ३०० थान तथा कतारबाट १ लाख २७ हजार बराबरका १५९ थान राइस कूकर आयात भएको तथ्याङ्क छ।
यसैगरी यूएईबाट १ लाख ६६ हजार बराबरको ६५ थान, मलेसियाबाट १ लाख २० हजार बराबरको ६० थान, साउदी अरेबियाबाट ३८ हजार बराबरको ३१ थान, हङकङबाट २ हजार बराबरको २० थान, सिंगापुरबाट १३ हजार बराबरका १५ थान तथा कोरियाबाट ६ हजार रुपैयाँ बराबरको १० थान राइस कूकर ल्याइएको छ।
यस्तै ब्रुनाईबाट ४ हजार बराबरको ४ थान, इटलीबाट ६४ हजार बराबरको २ थान तथा ईजराइलबाट १ हजार बराबरको १ थान राइस कूकर आयात भएको तथ्याङ्क छ।
प्रकाशित: १९ बैशाख २०७९, सोमबार