
काठमाडौं ।
पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ। २०७८ सालभरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए।
कार्यक्रममा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए। एभरेस्ट इन्स्योरेन्सको तर्फबाट अवार्ड पाउने ३५ जनालाई राइड नभएको समयमा समेत लागू हुने गरि एक लाख बराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरिएको छ।
पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको थकालीले बताए।
कार्यक्रममा बोल्दै आफ्नो सुरक्षीत र सुनिश्चित यात्राको साथी पठाओ रहेको कलाकार दिपाश्री निरौलाले बताइन्। नेपालमा परिवारसँगै बसेर केहि गरौ भन्नेलाई पठाओले राम्रो अवसर सिर्जना गरेको कलाकार दिपक राज गिरीले बताए।
पठाओमा पाएको टिप्स जम्मा गरेर कुकुर तिहारको दिन काठमाडौका सडकमा भेटिएका बेवारिसे सय बढी कुकुरहरुलाई खाना खुवाएका द हेल्पिङ ह्यान्ड अवार्ड बिजेता रोनिस खड्गी सबैले कोशिश गरे समाज उत्कृष्ट हुने धारणा राख्छन्।
प्रकाशित: १८ बैशाख २०७९, आईतवार