कर्मचारीलाई दिँदै आएको कोभिड-१९ को तलबी बिदा बन्द गर्दै अमेजन

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
कर्मचारीलाई दिँदै आएको कोभिड-१९ को तलबी बिदा बन्द गर्दै अमेजन

काठमाडौं ।

ई-कमर्स जायन्ट अमेजनले कोभिढ-१९ का कारण दिँदै आएको तलबी बिदा बन्द गर्ने भएको छ।

यो नियम मे २ अर्थात् सोमबारबाट लागू हुने यसबारेमा कम्पनीले आफ्ना अमेरिकी कर्मचारीहरुलाई शनिबार जानकारी गराएको रोयटर्सले उल्लेख गरेको छ।

यो परिवर्तन कोभिड १९ खोपको उपलब्धता तथा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको आग्रह अनुसार गरिन लागेको कम्पनीले बताएको छ।

अमेजनका अमेरिकी कर्मचारीले अब कोभिड-१९ संक्रमण भएको पुष्टि भएमा ५ दिनको बेतलबी बिदा पाउने कम्पनीले आफ्ना कर्मचारीलाई जानकारी गराएको रोयटर्सले लेखेको छ।

‘हामी अब कोभिड १९ अगाडिका नीतिहरुलाई सुरक्षितरुपमा निरन्तरता दिन सक्छौं’, महामारी सहज भएको, खोप तथा उपचार उपलब्ध रहेको र जनस्वास्थ्य नियमावलीमा अपडेट गरिएको प्रसंगको हवाला दिँदै कम्पनीले भनेको छ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार