निर्वाचन आयोगको सन्देशमूलक भिडियो प्रतियोगिता, जति धेरै भ्यूज त्यति धेरै पुरस्कार

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
निर्वाचन आयोगको सन्देशमूलक भिडियो प्रतियोगिता, जति धेरै भ्यूज त्यति धेरै पुरस्कार

काठमाडौं ।

निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमूलक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोगले उक्त प्रतियोगितामा धेरै भ्यूज पुर्याउनेलाई रु ५० हजारसम्म पुरस्कार प्रदान गर्ने बुझिएको छ।

आयोगले स्थानीय तह निर्वाचनका लागि तयार पार्न लगाएका सन्देशमूलक भिडियोहरू ट्विटर, यूट्युब, फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालमा अपलोड गरिसकेको छ।

प्रतियोगीहरुले भने आयोगले अपलोड गरेका भिडियोमा टिकटक बनाएर वा पहिलेकै स्वरूपमा वैशाख २९ गतेभित्र फेसबुक, टिकटक, यूट्युबमा लगायतका सामाजिक सञ्जालमा पोष्ट तथा शेयर गर्नुपर्ने आयोगका सूचना अधिकारी तथा प्रवक्ता शालिग्राम शर्मा अर्यालले टेक्नोलोजीखबरलाई जानकारी दिए।

अपलोड गरेका भिडियोमा ५० लाख वा सोभन्दा बढी भ्यूज (हेरिएको सङ्ख्या) पुर्‍याउनेलाई ५० हजार रुपैयाँ, तीस लाख वा सोभन्दा बढी भ्यूज पुर्‍याउनेलाई ३० हजार रुपैयाँ र २० लाख वा सोभन्दा बढी भ्यूज पुर्‍याउनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित सबै विजेतालाई प्रशंसापत्र प्रदान गरिने पनि आयोगले जनाएको छ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार