गुगलले प्ले स्टोरबाट हटायो १० लाखभन्दा बढी एप, २ लाख डेभलपरमाथि प्रतिबन्ध

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
गुगलले प्ले स्टोरबाट हटायो १० लाखभन्दा बढी एप, २ लाख डेभलपरमाथि प्रतिबन्ध

काठमाडौं ।

गुगलले सन् २०२१ मा १० लाखभन्दा बढी एपहरु प्लेस्टोरबाट हटाएको छ। यति मात्र नभई कम्पनीले झण्डै २ लाख एप डेभलपरहरुलाई पनि प्रतिबन्ध लगाएको छ।

कम्पनीले हालै एउटा ब्लग पोस्टमार्फत् उक्त आँकडासहितको जानकारी सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यी एपहरुले गुगलको नीतिको उल्लङ्घ गरेका पाइएको थियो भने एप डेभलपरहरु पनि गुगलको नीति अनुरुप काम नगरिरहेका पाइएकाले हटाइएको हो।

विगत केही वर्षयता गुगलले यूजरको डाटा गोपनीयतामा ध्यान दिँदै आएको छ। यसै कारण एन्ड्रोइड डिभाइसका लागि आउँदै गरेका अपरेटिङ सिस्टममा थुप्रै प्रकारका सेक्युरिटी अपडेटहरु दिन थालिएको छ।

गुगलको आउँदै गरेको एन्ड्रोइड १३ अपरेटिङ सिस्टमममा पनि यस्ता थुप्रै गोपनीयतासम्बन्धी अपडेट रहने बीजीआर डट आईएनले उल्लेख गरेको छ।

गुगलले आफ्नो ब्लगमा एप रिभ्यू गर्ने तरिकामा सुधार ल्याएको उल्लेख गरेको छ। यी तरिकाहरु म्यानुअल र अटोमेटिक दुवैखाले हुने बुझिएको छ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार