ट्वीट इम्बेडको शुल्क लिने मस्कको योजना

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
ट्वीट इम्बेडको शुल्क लिने मस्कको योजना

काठमाडौं ।

इलन मस्कले तेस्रो पक्षका लिंक इम्बेड भएका ट्वीटमा शुल्क लगाउन चाहेको खुलेको छ।

ट्विटर किन्ने सम्झौताले मूर्त रुप लिएपछि तेस्रो पक्षका सेवा तथा वेबसाइटलाई केही शुल्क लगाएर त्यसबाट आम्दानी गर्ने लक्ष्य मस्कको रहेको इन्ग्याजेटले जनाएको छ।

रोयटर्सका अनुसार मस्कले भेरिफाइड यूजरका एकाउन्टबाट ट्वीट कोट गरेमा वा इम्बेड गरेमा त्यसबापत् शुल्क लिने योजना बनाएका हुन्।

ट्विटर बोर्डले मस्कको प्रस्ताव स्विकार्नुअघि नै इम्बेडलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा गृहकार्य गरिएको समाचारमा उल्लेख छ।

कम्पनीले केही जाभास्क्रिप्ट तोडमोड गरेर डिलिट गरिएका ट्वीट इम्बेड गरिएका साइटमा नदेखिने बनाएको पनि बुझिएको छ।

ट्विटरका एक वरिष्ठ उत्पादन व्यवस्थापकले उक्त परिवर्तन यूजरहरुको ट्वीट डिलिट गर्ने अधिकारको सम्मानस्वरुप गरिएको बताए।

इन्ग्याजेटका अनुसार मस्कले ट्विटर किन्दा लिएको ४४ अर्ब डलर ऋण चुक्ता गर्न कम्पनीको खर्च कटौति गर्ने तथा ट्वीटमार्फत् नै आम्दानी गर्ने उद्देश्य अनुरुप इम्बेडमा शुल्क लगाउन खोजेको बुझिएको छ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार