मंगल ग्रहमा ‘बाहिरी ग्रह’को फोहोर! नासाको इन्जेनुइटी हेलिकप्टरले के फेला पार्यो जान्नुहोस्

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
मंगल ग्रहमा ‘बाहिरी ग्रह’को फोहोर! नासाको इन्जेनुइटी हेलिकप्टरले के फेला पार्यो जान्नुहोस्

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा जीवनको संकेत खोज्न पर्सिभेरेन्स रोभर पठाएको छ। गत वर्ष फेब्रुअरीमा पर्सिभेरन्स रोभर मंगल ग्रहको सतहमा अवतरण गर्दा यसको एउटा कम्पोनेन्ट (ब्याकशेल) छुट्याइएको थियो। हाल त्यसको तस्विर बाहिर आएको छ।

गत साता आफ्नो २६औं उडानका क्रममा इन्जेनुइटीले हावामा १५९ सेकेण्डमा १ हजार १८१ फिटको दूरी कभर गरी १० वटा तस्बिर खिचेको थियो। ती तस्बिरहरुले त्यो कम्पोनेन्ट (ब्याकशेल) वा अवतरण क्याप्सुलको शीर्ष आधा भाग पनि देखाउँछन्। मंगलमा अवतरण गर्ने समयमा रोभरको प्यारासुट र ब्याकसेल १.३ माइलको उचाइमा रोभरबाट अलग भएको थियो। ती रोभरभन्दा उत्तरपश्चिममा एक माइलभन्दा टाढा अवतरण गरेका थिए।

करिब १५ फिट व्यासको ब्याकशेल ७८ माइल प्रतिघण्टाको गतिमा जमिनमा ठोक्कियो र टुक्राटुक्रा भएको थियो। एकै समयमा, प्यारासुट आफ्नो ठाउँमा अक्षुण्ण देखिन्छ।

नासाका इन्जिनियरहरूले यी तस्बिरहरू हाल संकलन गर्न थालेका छन्। पर्सिभेरन्सको प्यारासुट प्रणालीमा काम गरेका इन्जिनियर इयान क्लार्कले सो एउटा तस्विरमा हजार शब्दको मूल्य रहेको बताउँछन् ।

ब्याकशेलका अवशेषहरूको अध्ययनले नासालाई अर्को मंगल मिशनमा मद्दत गर्न सक्छ। यदपि, मंगल ग्रहको बारेमा थप जान्न, त्यहाँको चट्टान र माटोको नमूनाहरू त्यहाँबाट फिर्ता ल्याउनु पर्छ। इन्जिनियर क्लार्ककाअनुसार यी तस्बिरहरूले मोडेल र विश्लेषणले कति राम्रो काम गरेको छ भनेर जान्न मद्दत गर्दछन्।

नासाको पर्सिभेरन्स रोभर निरन्तर आफ्नो काममा लागिरहेको छ। अप्रिल २ मा, यसले मंगल ग्रहको चन्द्रमा फोबोस सूर्यको अगाडिबाट गुज्रिरहेको तस्बिरहरूको श्रृंखला खिच्यो। फोबोसको कक्षको विस्तृत मापनले मंगल ग्रहको आन्तरिक संरचनाको बारेमा संकेत दिन्छ।

पर्सिभेरन्सले हामीलाई मंगल ग्रहमा अवतरण गरेदेखि धेरै खोजहरूको बारेमा बताएको छ। करिब १० महिना जेजेरो क्रेटरको वरिपरि ड्राइभ गरिसकेपछि, अनुसन्धानकर्ताहरूले यो क्षेत्र सम्भवतः लामो-सुसुप्त मंगल ज्वालामुखीबाट बनेको हुनसक्ने अनुमान गर्न थालेका छन्। यस खोजले ग्रहको इतिहासलाई अझ राम्ररी बुझ्न मद्दत गर्ने नासाका वैज्ञानिकहरू विश्वास गर्छन्।

हालैको एक रिपोर्टमा, क्रेटर चट्टानहरूले आफ्नो उत्पत्तिदेखि धेरै पटक पानीसँग अन्तरक्रिया गरेको नासाले खुलासा गरेको छ। यी चट्टानहरूमा केही जैविक अणुहरू पनि भएको बताईएको छ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार