
काठमाडौं ।
प्रिमियम मल्टि ब्राण्ड इलेक्ट्रोनिक्स सीजी डिजिटलको नयाँ शोरुम उद्घाटन गरिएको छ।
काठमाडौंको बसुन्धारामा २०औं शोरुमको उद्घाटन गोदरेज एप्लाइन्सका एक्सपोर्ट हेड सलाम सिंह र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले संयुक्तरुपमा गरेका हुन्।
नयाँ शोरुमबाट आरम्भ भएको अवसरमा आफ्ना उपकरणहरू छुटमा दिनेसमेत कम्पनीले जनाएको छ।
साथै फ्रि डेलिभरी, लोयल्टी प्रोग्राम, फ्रि इन्स्टलेशन, शून्य प्रतिशतमा किस्ताबन्दी र एक्सचेन्जजस्ता सुविधा दिएको कम्पनीले जनाएको छ।
उक्त शोरुममा एलजी, सीजी, गोदरेज, टिसिएल, केन्ट, पेजन, एलिका, बेको र माइडियाजस्ता ब्राण्डका ७०० भन्दा बढी उपकरणहरू पाइने बताईएको छ ।
प्रकाशित: १७ बैशाख २०७९, शनिबार