फेरि बढ्न थाले फेसबुकका दैनिक यूजर, आम्दानी पनि बढ्दै

  • Technology Khabar | १७ बैशाख २०७९, शनिबार
फेरि बढ्न थाले फेसबुकका दैनिक यूजर, आम्दानी पनि बढ्दै

काठमाडौं ।

फेसबुकले केही समयअघिको गिरावटपछि आफ्ना दैनिक यूजर फेरि बढ्न थालेको बताएको छ।

यो वर्षको पहिलो त्रैमासमा फेसबुकका दैनिक यूजर १ अर्ब ९६ करोडले बढेको मेटाले बुधबार जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।

यो आँकडा गत वर्ष उक्त प्लेटफर्ममा आएको दैनिक यूजरहरुको गिरावटपछिको पहिलो वृद्धि हो।

त्यतिबेलाको गिरावटले कम्पनीको अर्बौं डलर बराबरको मार्केट भ्यालू नस्ट गरेको थियो।

गत फेब्रुअरीमा यूजरको सङ्ख्यामा आएको गिरावटले संस्थाको शेयर मूल्य पनि झण्डै आधा घटाएको थियो। तर यो आँकडा बुधबारको कारोबारपछि १९ प्रतिशतले उकालो लागेको बीबीसीले उल्लेख गरेको छ।

‘आज हाम्रो सेवा सधैंकोभन्दा सर्वाधिक मानिसहरुले प्रयोग गरेका छन्, र हाम्रा सेवाहरुले विश्वका मानिसहरुलाई दिइरहेको सुविधाका लागि गौरवान्वित छु’, मेटाका सीईओ मार्क जुकरबर्गले भने।

फेसबुकका यूजर तथा आम्दानीमा उकालो लागिरहँदा मेटा अन्तर्गतकै इन्स्टाग्राम तथा ह्वाट्सएपको आम्दानीमा भने यो दशककै सुस्त दरको वृद्धि देखिएको समाचारमा उल्लेख छ।

प्रकाशित: १७ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...