अमेजफिट जीटी ३ सिरिजमा अपडेटसँगै नोटिफिकेशन रिप्लाइ गर्न मिल्ने

  • Technology Khabar | १७ बैशाख २०७९, शनिबार
अमेजफिट जीटी ३ सिरिजमा अपडेटसँगै नोटिफिकेशन रिप्लाइ गर्न मिल्ने

काठमाडौं ।

चिनियाँ प्रविधि ब्राण्ड अमेजफिट जीटी ३ सिरिजमा नयाँ फर्मवेयर अपडेड उपलब्ध भएको छ।

जीटी ३ सिरिजका अमेजफिट जीटीएस ३, जीटीआर ३ तथा जीटीआर ३ प्रो मा हालै आएको नयाँ फर्मवेयर अपडेटपछि विभिन्न नोटिफिकेशनको जवाफ स्मार्ट वाचबाट नै दिन सकिने जीएसएमएरिनाले बताएको छ।

यो अपडेटपछि यूजरले मेसेजमार्फत् कल रिजेक्ट गर्न सक्ने तथा वाचमा थुप्रै अप्टिमाजेशनको अनुभव गर्न पाउने बताइएको छ।

जीएसएमएरिनाका अनुसार अमेरिका, भारत, इटली, बेलायत तथा भियतनाममा अमेजफिट जीटीएस ३ मा ७.४२.५.१ फर्मवेयर भर्सन तथा जीटीआर ३ प्रो मा ८.३७.३.२ भर्सन उपलब्ध भएको र यो सूचीमा अन्य देशहरु जोडिँदै जानेछन्।

जीटीआर ३ प्रो एन्ड्रोइडम जेप एपमार्फत् नोटिफिकेशनको कस्टम रिप्लाइको थप सुविधा रहेको छ।

यसबाहेक जीटी ३ रेन्जमा भएका अन्य सुधारहरुमा स्मार्ट अलार्म क्लक रिमाइन्डर, ब्लूटूथ कनेक्टिभिटी तथा ओभरअल सिस्टम स्टेबिलिटी लगायतका रहेका जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १७ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १७ बैशाख २०७९, शनिबार