
काठमाडौं ।
टाटा मोटर्सले आफ्नो अर्को नयाँ कन्सेप्ट कार टाटा अभिन्या सार्वजनिक गरेको छ। यो कार टाटाको नयाँ इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा आधारित रहेको भास्कर डटकमले जनाएको छ।
टाटा समूहले यसै महिनको शुरुआतमा टाटा कर्भ कन्सेप्ट कार पनि सार्वजनिक गरिसकेको छ।
यो कारको चालक तथा चालकसँगैको सिट रिभल्भिङ हुने र तिनीहरु ३६० डिग्री घुम्न सक्ने कम्पनीको दावी छ। यो विद्युतीय कारलाई ३० मिनेट चार्ज गरेपछि ५०० किलोमिटरसम्म चलाउन मिल्ने अद्भूत रेन्ज पनि रहेको बुझिएको छ।
अभिन्याको अर्थ इनोभेशन
यो कन्सेप्ट कारको नाम अभिन्या राखिनुमा टाटा मोटर्सका एमडी शैलेष चन्द्रका अनुसार यो शब्द संस्कृत भाषाबाट लिइएको बताएका छन् जसको अर्थ इनोभेशन हुन आउँछ।
साथै यो नाममा आईएन आउने र यो भारतको पहिचान भएको पनि चन्द्रको भनाइ छ। उनले अभिन्यालाई भविष्य तथा समृद्धिको संयोजनबाटनिर्माण गरिएको पनि उल्लेख गरेका छन्। यो कारले यात्राका क्रममा मानिसहरुलाई पुनर्ताजगी पनि प्रदान गर्ने कम्पनीले बताएको छ।
यसको डिजाइन निकै फ्यूचरिस्टिक अर्थात् भविष्योन्मुख बनाइएको छ। यो कारको स्टीरिङ व्हीलमा टच प्यानल दिइएको छ यसले कारको सबै फिचर नियन्त्रण गर्छ।
ह्याचब्याक, एसयूभी र एमपीभीको क्रसओभर
टाटा अभिन्या झट्ट हेर्दा प्रिमियम ह्याचब्याक जस्तो देखिन्छ तर यसको फङ्क्शनालिटी एमपीभीको जस्तो रहेको भास्कर डटकमले उल्लेख गरेको छ। यसलाई एसयूभी क्रसओभरका रुपमा निर्माण गरिएको छ।
एआईले कनेक्ट गर्नेछ सबै सिस्टम
यसपटक टाटा मोटर्सले सफ्टवेयरमा बढी ध्यान केन्द्रित गरेको छ। यसको पहिलो झलक देखाउँदै टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले भविष्यका कारहरुका लागि सफ्टवेयर महत्वपूर्ण हुने बताउँदै यो कार आई तथा मेशिन लर्निङमा आधारित हुने जानकारी दिए।
प्रकाशित: १७ बैशाख २०७९, शनिबार