Technology Khabar १६ बैशाख २०७९, शुक्रबार
काठमाडौं ।
कामना सेवा विकास बैंकले आफ्नो नवौं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको बैंकले बिहीबार एक कार्यक्रमका साथ सिराहाको लक्ष्मीपुर पतारी गापा ४ मा मोबाइल एपमार्फत संचालन गर्न सकिने शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो।
लक्ष्मीपुर पतारी गापा वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।
लक्ष्मीपुर पतारी गाउपालिकाका प्रमुखराम वलव साह, वडा नं ४ का वडाध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन्।
उक्त शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भूक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएको छ।
प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार