ट्विटर किन्दा लिएको ऋण मस्कले ट्वीटमार्फत् आम्दानी गरेर तिर्ने

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
ट्विटर किन्दा लिएको ऋण मस्कले ट्वीटमार्फत् आम्दानी गरेर तिर्ने

काठमाडौं ।

इलन मस्कले ट्वीटलाई मनिटाइज गरेर त्यसमार्तफ्त आम्दानी गर्ने बताएका छन्।

उनले ट्विटर किन्न ४४ अर्ब डलर जुटाइदिने बैंकहरुलाई हालै आफू ट्विटरको कार्यकारी बोर्डमा बसेर खर्च कटौति गर्ने र ट्वीटमार्फत् आम्दानी गर्ने तरिका अवलम्बन गर्ने बताएको कम्पनी सम्बद्ध व्यक्तिहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

उनले ऋणदाताहरुलाई ट्विटर किन्दाको ऋण सुरक्षित रहेको सुनिश्चित गराउने क्रममा यस्तो बताएको बुझिएको छ।

मस्कले बैंकहरुलाई आफूले लिएको ऋण तिर्न पुग्नेगरी ट्विटरले आम्दानी गर्ने कुरा मनाउनुपरेको थियो। अन्त्यमा उनले ट्विटरको शेयर धितो राखेर १३ अर्ब तथा टेस्लाको शेयरमार्फत् साढे १२ अर्ब डलर ऋण लिन सफल भएका थिए।

उनले ट्विटरलाई ४४ अर्ब डलरमध्ये बाँकी आफ्नै रकममार्फत् तिर्ने पक्का गरेका थिए।

स्रोतहरुका अनुसार मस्कले बैंकहरुलाई गरेको यो प्रस्तावमा प्रतिबद्धताभन्दा उनको अवधारणा बढी झल्किएको रोयटर्सले उल्लेख गरेको छ। यसबाहेक ट्विटर आफ्नो अन्तर्गत आएपछि कुन तरिकाले कम्पनीको खर्च कटौति गर्नेछन् भन्ने पनि प्रस्ट छैन।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • १६ बैशाख २०७९, शुक्रबार