आपूर्तिमा समस्याका कारण तेस्रो त्रैमासमा एप्पलको व्यापार उल्लेख्य खस्कने

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
आपूर्तिमा समस्याका कारण तेस्रो त्रैमासमा एप्पलको व्यापार उल्लेख्य खस्कने

काठमाडौं ।

एप्पलले आफ्नो व्यापारमा ठूलो समस्या आउन सक्ने प्रक्षेपण गरेको छ।

कम्पनीले बिहीबार कोरोनाका कारण चीनका फ्याक्ट्रीमा आएको उत्पादन तथा मागको कमी, यूक्रेन युद्धका कारण सेवाको बिक्री घटेका कारण यो वर्ष समग्र व्यापारमा निकै प्रभाव पर्ने बताएको हो।

उक्त दिनको कन्फ्रेन्स कलमा कम्पनीका कार्यकारीहरुले व्यापारको स्थिति बताएपछि शेयर मूल्यमा २.२ प्रतिशतले कमी आएको थियो।

उक्त खबरले मार्चमा अन्त्य भएको दोस्रो त्रैमासको कीर्तिमानी नाफा र व्यापारलाई ओझेलमा पारेको रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीका प्रमुख वित्त अधिकारी लुका माएस्ट्रीले एउटा अन्तरवार्तामा यूक्रेन युद्धका कारण एप्पलले रुसमा बिक्री गर्न नपाएका कारण तेस्रो त्रैमासमा व्यापारमा निकै कटौति हुने चेतावनी दिइन्।

उनले आपूर्ति श्रृङ्खलाको समस्याले यो त्रैमासको बिक्रीमा ४ देखि ८ अर्ब डलरसम्मको प्रभाव पार्न सक्ने र यो दोस्रो त्रैमासको प्रगतिभन्दा अझ ठूलो हुने विश्लेषकहरुलाई भने।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार