सरकारी सेवाहरुमा डिजिटल रुपान्तरण आवश्यक भएको सरोकारबालाहरुको भनाई

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
सरकारी सेवाहरुमा डिजिटल रुपान्तरण आवश्यक भएको सरोकारबालाहरुको भनाई

काठमाडौं ।

क्यान महासंघले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसर पारेर सातै प्रदेशमा डिजिटल रुपान्तरणको बारेमा जनचेतनासहितको अभियान शुरु गरेको छ।

क्यान महासंघले डिजिटल नेपालका लागि डिजिटल रुपान्तरण भन्ने नाराका साथ प्रदेश नम्बर १ को धरानमा बिहिबार एक कार्यशाला गोष्ठिको आयोजना गरि सो अन्तरक्रियात्मक कार्यक्रमको शुरुवात गरेको हो।

कार्यक्रममा वक्ताहरुले डिजिटल नेपाल बनाउनका लागि सबै सरकारी सेवा तथा कार्यहरु डिजिटल प्लेटफर्म र डिजिटल मैत्री हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले डिजिटल रुपान्तरणका लागि निजी क्षेत्र धेरै अगाडि बढिरहेको र ससक्तरुपमा काम गरिरहेको बताए। उनले सरकारले भर्खर डिजिटल क्षेत्रमा काम गर्न शुरु गरिरहेको तर स्पष्टता नभएको गुनासो गरे।

“सरकारले काम शुरु गरेको जस्तो देखिन्छ तर सरकारी सेवाहरु डिजिटलमा रुपान्तरण गर्न सकेको छैन,” अध्यक्ष कुँवरले भने।

उनले यसका साथै सचेतना र प्रयोगको बारेमा पनि काम गर्नुपर्ने बताए।उनले क्यान महासंघले सूचना प्रविधिलाई राष्ट्रिय महत्व दिईरहेको र सूचना प्रविधिको विकासहुन जरुरी रहेको छ । यसको लागि सरकारले नीति नियम र भूमिका निभाउनुपर्ने उनले बताए।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले सूचना प्रविधि माध्यम भएको र यसमार्फत लिने सुबिधाहरु छिटो छरितो हुने बताए । प्रविधिको सहि सदुपयोग गरिनुपर्ने भन्दै यसको दूरुपयोगमा सचेत हुनुपर्ने बताए।

“प्रविधिको सहि सदुपयोगले अधिकतम फाइदा पुर्याउनेछ भने दूरुपयोगले बिकृती र विनाश हुनसक्ने भन्दै त्यसको लागि सरकारले कदम चाल्नसक्नेछ।” निर्देशक घिमिरेले भने।

कार्यक्रममा क्यानका सचिव सुवास खड्काले नेपाललाई डिजिटल नेपालको रुपमा रुपान्तरण गर्न आवश्यक पर्ने काम र नीति निर्माणको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...