
काठमाडौं ।
इलन मस्कले कम्पनीका बारेमा रहेका ट्वीट पोस्ट गर्नुअघि पुनरावलोकन गर्नुपर्ने सम्झौताको शर्तलाई निरन्तरता दिनुपर्ने भएको छ।
ब्लूमबर्गले जनाए अनुसार हालै मस्कले सन् २०१८ मा यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशनसँग गरेको टेस्लासम्बन्धी कुनै पनि ट्वीट वकिलको अनुमतिपछि मात्र पोस्ट गर्न पाउने शर्त हटाउन गरेको मागलाई एक न्यायाधीशले अस्विकार गरेपछि यसले निरन्तरता पाउने भएको हो।
ती न्यायाधीशले सम्भाव्य भित्री कारोबार अर्थात् इन्साइडर ट्रेडिङसँग सम्बन्धित एसईसीसँग भएको मस्कको सम्झौताको शर्त हटाउन गरिएको आग्रह अस्विकार गरेका इन्ग्याजेटले उल्लेख गरेको छ।
‘मस्कले कुनै बेला आफैंले जानीबुझी गरेको सम्झौता हाल आएर ट्विटर कम्पनी पनि आफ्नै भएको कारण देखाएर उल्ट्याई माग्न सक्दैनन्, ’, अमेरिकी जिल्ला न्यायाधीश लेविस लिमानले लेखेका छन्।
मस्कले २०१८ मा आफूसँग टेस्लालाई निजीकरण गर्न ४२० डलरको फन्डिङ सुरक्षित रहेको ट्वीट गरेपछि एसईसीले उनीमाथि लगानीकर्तालाई गुमराह गरेको आरोपमा मुद्दा हालेको थियो।
उक्त मुद्दा पछि मस्क तथा टेस्लाले जनही २-२ करोड डलर तिर्ने र टेस्लासम्बन्धी ट्वीट वकिलको समीक्षापछि मात्रै पोस्ट हुने शर्तमा सुल्झाइएको थियो।
प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार