नौ महिनामा कति र कहाँबाट आए एलईडी मनिटर? हेर्नुहोस् आँकडा

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
नौ महिनामा कति र कहाँबाट आए एलईडी मनिटर? हेर्नुहोस् आँकडा

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा यो आर्थिक वर्षको शुरुवाती ९ महिनामा ६ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरका एलईडी मनिटर आयात भएका छन्।

सबैजसो कार्यालयहरु तथा विद्यालय र कलेजमा  कम्प्युटरको प्रयोग हुने र सबै ठाउँमा ल्यापटप राख्न सम्भव नहुने भएकाले डेस्कटप कम्प्युटरको डिस्प्लेका लागि प्रयोग गरिने एलईडी मनिटरको आयात महिनैपिच्छे बढ्दै गइरहेको पाइएको छ।

पहिलेका डेस्कटपमा डिस्प्लेका लागि सीआरटी मनिटर अत्याधिक प्रयोग गरिँदै आएकामा केही समययता हलुका, कम बिजुली खपत गर्ने तथा डिजाइन पनि राम्रो देखिने पातला एलसीडी प्रविधिमा आधारित एलईडी मनिटरको प्रयोगमा सर्वसाधारणको रुची बढेको छ।

यसको मतलब सीआरटी मनिटरको प्रयोग निमिट्यान्न भएको भने होइन। अझै पनि देशका विभिन्न ठाउँमा मानिसहरुले सीआरटी मनिटर प्रयोग गर्दै आइरहेका र मासिक केही थान सीआरटी मनिटर पनि आयात हुने गरेको पाइएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्मको आँकडा अनुसार नेपालमा ३ लाख ८४ हजार ३८६ ओटा राउटर भित्रिएका छन्।

यीमध्ये सबैभन्दा बढी चीनबाट ५ करोड ६२ लाख रुपैयाँ बराबरको २ लाख ७९ हजार ६३४ ओटा राउटर आयात पाइएको छ।

यसपछि भारतबाट ६८ लाख ८६ हजार १ लाख ४ हजार ६७३ थान, ताइवानबाछ १० लाख ९२ हजार बराबरको ५२ थान, फ्रान्सबाट ९ हजार बराबरको ६ थान, अमेरिकाबाट ११ लाख ७ हजार बराबरको ९ थान, बेलायतबाट २५ हजार बराबरको ४ थान तथा कोरियाबाट ६९ हजार बराबरको २ थान एलईडी डिस्प्ले आयात भएका प्रतिवेदनमा उल्लेख छ।

यसबाहेक अस्ट्रिया चेक रिपब्लिक जर्मनी जापान नेदरल्याण्ड्स तथा स्विडेनबाट १-१ थान एलईडी मनिटर भित्रिएका र तिनीहरुको मूल्य २३ लाख २१ हजारदेखि ३० हजारसम्मका रहेका पाइएको छ।

साना आकारका एलईडी मनिटरहरु कम्प्युटर वा अन्या डिभाइसमा जोडेर डिस्प्लेका लागि प्रयोग हुन्छन् भने हाल पुराना होर्डिङ वा बिलबोर्डको साटो डिजिटल होर्डिङ बोर्डका रुपमा प्रयोग गर्नका लागि भने ठूला आकारका एलईडी प्यानलहरु आयात गरिन्छन्। यस्ता प्यानलहरुको आकार र गुणस्तर अनुसार मूल्य लाखौंसम्म पर्न सक्छ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार