ट्विटरपछि अब कोका-कोला कम्पनी किन्दै इलन मस्क

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
ट्विटरपछि अब कोका-कोला कम्पनी किन्दै इलन मस्क

काठमाडौं ।

माइक्रो ब्लगिङ साइट ट्विटर आधिकारिक रुपमा किनेको केही दिनमै टेस्लाका एलन मस्कले बहुराष्ट्रिय कम्पनी कोका-कोला पनि किन्ने बताएका छन्।

हालै मस्कले ट्विटरमा एउटा पोस्ट गर्दै अब आफूले कोका-कोला कम्पनी किनेर त्यसमा कोकिन मिसाउन चाहेको बताएका छन्।

यसबाहेक उनले म्याकडोनल्ड्स पनि किन्ने र सबै आइसक्रिम मेशिन ठसक बनाउने स्क्रीनशट सहितको आफूले चमत्कार भने गर्न नसक्ने व्यहोराको ठट्यौलो पाराको ट्विट पनि गरेका छन्।

यस हिसाबले कोका कोला किन्ने पनि ठट्टा मात्रै हुन सक्ने वा मस्कले बोलेका धेरै कुरा गरेर देखाउने हुनाले यथार्थमै यसो हुन पनि सक्ने दुवै खाले सम्भावना रहेको आकलन गर्न सकिन्छ।

उनको यो ट्वीटलाई हालसम्म २५ लाख जनाले लाइक तथा ५ लाख २८ हजार जनाले रिट्वीट गरिसकेका छन्।

इलन मस्कले ट्विटर खरिद गर्नका लागि ४४ अर्ब डलर लगानी गरेका छन्। यो रकम हिसाब गर्दा उनले ट्विटरको प्रति शेयर ५४.२० डलर खर्च गरेको देखिएको छ।

आधिकारिक रुपमा ट्विटर किन्नुअघि उनी कम्पनीको ९.१ प्रतिशत शेयरसहितका सबैभन्दा ठूला शेयरधनी रहेका थिए।

कम्पनी नै खरिद गरेपछि भने उनको हिस्सेदारी शत प्रतिशत नै हुन पुगेको छ भने ट्विटर अब उनको टेस्ला तथा स्पेसएक्सजस्तै निजी कम्पनी पनि बनेको छ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार