टाटा स्काइका लागि जुन २२ मा एरियनस्पेसले स्याटेलाइट प्रक्षेपण गर्ने

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
टाटा स्काइका लागि जुन २२ मा एरियनस्पेसले स्याटेलाइट प्रक्षेपण गर्ने

काठमाडौं ।

भारतको नयाँ अन्तरिक्ष कम्पनी एसएनआईएलको पहिलो कम्युनिकेशन स्याटेलाइट आगामी जुन २२ मा प्रक्षेपण हुने भएको छ।

फ्रान्समा रहेको स्याटेलाइट प्रक्षेपण सेवा प्रदायक उक्त कम्पनीले टाटा स्काइका लागि स्याटेलाइट अन्तरिक्षमा पठाइने जानकारी दिएको हो।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन इस्रोले न्यूस्पेस इन्डिया लिमिटेड एनएसआईएलका लागि निर्माण गरेको केयू ब्याण्डको ४ टन तौलयुक्त जीस्याट-२४ ले भारतभर उच्च गुणस्तरको टेलिभिजन, दूरसञ्चार तथा प्रसारण सेवा उपलब्ध गराउने ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

‘यो वर्षको पहिलो एरियन ५ले एमईएस्याट-३डी तथा जीस्याट-२४ नामका दुई ओटा जिओस्टेशनरी टेलिकम्युनिकेशन स्याटेलाइटलाई परिक्रमा गर्नेछ’,एरियनस्पेसले विज्ञप्तिमा भनेको छ।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार