काठमाडौं ।
गुगलका तीन ओटा पिक्सेल वाचलाई ब्लूटूथ सर्टिफिकेशन प्राप्त भएको छ।
केही समयअघि अमेरिकाको एउटा रेस्टुराँमा एउटा सार्वजनिक हुन बाँकी पिक्सेल वाचको प्रोटोटाइप भेटिएपछि यसका बारेमा निकै चर्चा चलेको थियो।
गोलाकार डायल भएको उक्त प्रोटोटाइपका केही फोटो अनलाइनमा सार्वजनिक भएका थिए।
हाल ब्लूटूथ सर्टिफिकेशन पाएका तीन ओटा मोडलहरुमा जीडब्लूटी९आर, जीबीजेड४एस तथा जीक्यूएफ४सी रहेका छन् जसलाई गुगल एलएलसीका लागि ब्लूटूथ एसआईजीले ‘बीटी वेयरेबल डिजाइन-कन्ट्रोलर सबसिस्टम’ नामको सर्टिफिकेशन प्रदान गरेको जीएसएमएरिनाले जनाएको छ।

यी मोडलहरु एउटै डिभाइसको फरक फरक भेरियन्ट हुन् वा आफैंमा फरक फरक मोडलका हुन् भन्नेबारेमा यकिन नभएको बताइएको छ।
यसबाहेक यिनीहरुका साइज, उपलब्ध हुने क्षेत्र वा कनेक्टिभिटी फिचरका बारेमा पनि प्रस्ट जानकारी बाहिरिएको छैन।
केही समयपछि यी डिभाइसले एफसीसी सर्टिफिकेशन पनि पाउने र त्यसपछि मात्र यिनीहरुका बारेमा विस्तृत जानकारी बाहिर आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार