जापानका प्रमुख रेलवे सेवा अब नवीकरणीय उर्जाबाट मात्रै चल्ने

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
जापानका प्रमुख रेलवे सेवा अब नवीकरणीय उर्जाबाट मात्रै चल्ने

काठमाडौं ।

जापानका सबै प्रमुख रेलवेहरु अब नवीकरणीय उर्जाबाट मात्र चल्ने भएका छन्।

जापानको शिबुया तथा अन्य स्टेशन हुँदै चल्ने टोक्यु रेलवेजका रेलहरु गत अप्रिल १ तारिखदेखि सौर्य वा अन्य नवीकरणीय उर्जाबाट चल्दै आएका छन्।

यस हिसाबले टोक्युका ७ ओटा रेलहरु तथा एउटा ट्रामको सञ्जालले अबदेखि शून्य कार्बन उत्सर्जन गर्नेछन्।

आफ्ना सबै स्टेशनहरुका भेन्डिङ मेशिन, सेक्युरिटी क्यामरा स्क्रीन तथा प्रकाशका हरित उर्जा प्रयोग गरेको यो रेलवेले कार्बन उत्सर्जनको मात्रा निकै घटाउने देखिएको एपीन्यूजले जनाएको छ।

३ हजार ८५५ कर्मचारी रहेका र टोक्योलाई योकोहामासम्म जोड्ने टोक्यु कार्बन उत्सर्जन घटाउने उक्त सफलता प्राप्त गर्ने जापानकै पहिलो रेलवे भएको बताइएको छ।

यो निर्णयपछि घट्ने कार्बन डाइअक्साइडको मात्रा ५६ जापानका ५६ हजार घरधुरीबाट एक वर्षमा निस्कने जति रहेको कम्पनीलाई उद्धृत गर्दै एपीन्यूजले लेखेको छ।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार