स्मार्ट विद्युतीय चुल्होको प्रयोग बढ्दै, नौ महिनामा भित्रिए १७ करोडभन्दा धेरैका इन्डक्शन उपकरण

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
स्मार्ट विद्युतीय चुल्होको प्रयोग बढ्दै, नौ महिनामा भित्रिए १७ करोडभन्दा धेरैका इन्डक्शन उपकरण
सांकेतिक तस्विर

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा यो आर्थिक वर्षको शुरुवाती ९ महिनामा १७ करोड ५ लाख ४० हजार रुपैयाँ बराबरका स्मार्ट विद्युतीय चुल्हो आयात भएका छन्।

यी विद्युतीय चुल्होमा इन्डक्शन तथा इन्फ्रारेड दुवै प्रविधिका चुल्होहरु समावेश रहेको छ।

केही समययता देशमा लोडशेडिङ हटेको र सरकारले पनि ग्यास तथा पेट्रोलियमको सट्टा विद्युतमा आधारित उपकरणहरुको अत्यधिक प्रयोग गरी देशमा उत्पादि बिजुली खपत गर्न आग्रह गरे अनुसार यस्ता विद्युतीय ग्याँसको सट्टा चुल्होहरुको प्रयोग बढ्दै गइरहेको पाइएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्मको आँकडा अनुसार नेपालमा यो आर्थिक वर्षको शुरुवाती ९ महिनामा ८१ हजार ३८२ ओटा इन्डक्शन/इन्फ्रारेड चुल्होहरु भित्रिएका छन्।

यी समग्र विद्युतीय चुल्होहरु चीन, भारत तथा इन्डोनेसिया गरी तीन देशबाट आयात गरिएको तथ्याङ्क छ।

चीन: इन्डक्शन – ५२, ४५४ थान, इन्फ्रारेड – २१, २३४ थान

नौ महिनामा आयात भएका समग्र ८१ हजार ३८२ इन्डक्शन/ इन्फ्रारेड चुल्होहरुमध्ये सबैभन्दा धेरै चीनबाट ५२ हजार ४५४ थान इन्डक्शन तथा २१ हजार २३४ थान इन्फ्रारेड चुल्होहरु भित्रिएका पाइएको छ।

उक्त परिमाणका इन्डक्शन चुल्होको मूल्य १० करोड ७२ लाख ६१ हजार रुपैयाँ तथा इन्फ्रारेड चुल्होको ५ करोड ५७ लाख ३८ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

भारत: ५२, ४५४ थान, इन्फ्रारेड – २१, २३४ थान

यसपछि भारतबाट १ करोड ५८ लाख ५८ हजार बराबरको ७ हजार २४६ थान इन्डक्शन तथा १० लाख ७५ हजार रुपैयाँ बराबरको ४४२ थान इन्फ्रारेड चुल्हो आयात गरिएका छन्।

इन्डोनेसिया: इन्डक्शन – ६ थान, इन्फ्रारेड – x

यस्तै इन्डोनेसियाबाट भने चीन र भारतको तुलनामा निकै नगण्य परिमाणमा इन्डक्शन चुल्हो ल्याइएको छ भने इन्फ्रारेड चुल्हो आयात भएको देखिँदैन।

इन्डोनेसियाबाट ६ लाख ७ हजार रुपैयाँ बराबरको इन्डक्शन चुल्हो आयात भएको छ।

देशइन्डक्शनमूल्यइन्फ्रारेडमूल्य
चीन५२, ४५४१०, ७२, ६१, ०००२१, २३४४, ५७, ३८०००
भारत७, २४६१,५८, ५८, ०००४४२१०, ७५, ०००
इन्डोनेसिया६, ०७, ०००

 

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार