पहिलो त्रैमासमा स्पोटीफाइको आम्दानी १२ प्रतिशतले घट्यो

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
पहिलो त्रैमासमा स्पोटीफाइको आम्दानी १२ प्रतिशतले घट्यो

काठमाडौं ।

स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाइको शेयर बुधबार केही खस्केको छ। यो आँकडा कम्पनीले सन् २०२२ को पहिलो त्रैमासको आम्दानी प्रस्तुत गरिसकेपछिको आँकडा हो।

यो सिजनमा आम्दानी गर्न निकै कठिन भएको स्पोटीफाइको शेयर मूल्य बुधबार कारोबार अन्त्य हुँदा १२ प्रतिशतले घटेको थियो।

आफ्नो पडकास्टिङ व्यवसायमा थुप्रै रकम लगानी गरेर पडकास्टहरुमा विज्ञापन राखेको कम्पनीले विज्ञापनबाट २८ करोड २० लाख यूरो आम्दानी भएको जानकारी दिएको सीएनबीसीले उल्लेख गरेको छ।

उक्त रकम कम्पनीको समग्र आम्दानीको ११ प्रतिशत रहेको र यो उक्त सेगमेन्टबाट सबैभन्दा बढी आम्दानी भएको पहिलो त्रैमास रहेको कम्पनीले जनाएको छ।

तर यसो हुँदा पनि विश्लेषकहरुले प्रक्षेपण गरेको विज्ञापनयुक्त सामग्रीमार्फत् ३० करोड ४१ लाख यूरोको आँकडा भने कम्पनीले छुन नसकेको सीएनबीसीले लेखेको छ।

यो त्रैमासको अन्त्यसम्ममा स्पोटीफाइलाई सशुल्क ग्राहक १८ करोड २० लाख पुगेका छन् जुन वार्षिक हिसाबले हेर्दा १५ प्रतितशतले बढी हो भने यसको १८ करोड ३० लाखको प्रक्षेपणभन्दा भने कम भएको पाइएको छ।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार