क्लाउड कम्प्युटिङ सेवाको माग बढेकाले आम्दानी दुई अंकले बढ्ने माइक्रोसफ्टको अपेक्षा

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
क्लाउड कम्प्युटिङ सेवाको माग बढेकाले आम्दानी दुई अंकले बढ्ने माइक्रोसफ्टको अपेक्षा

काठमाडौं ।

माइक्रोसफ्टले मंगलबार आगामी आर्थिक वर्षमा दुई अंकले आम्दानी बढ्ने प्रक्षेपण गरेको छ।

यसका पछाडि उसले क्लाउड कम्प्युटिङ सेवाको आकाशिएको माग तथा आफ्ना शेयर मूल्यमा आएको ४ प्रतिशतको वृद्धिलाई कारक मानेको ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

माइक्रोसफ्टले अजुर प्लेटफर्ममा भएको वृद्धिका कारण इन्टेलिजेन्ट क्लाउडको आम्दानी आर्थिक वर्षको चौथो त्रैमासमा २१.१ अर्ब डलरदेखि २१.३५ अर्ब डलरसम्म पुग्ने प्रक्षेपण गरेको छ।

रिफिनिटिभका अनुसार यो आँकडा वाल स्ट्रीटले प्रक्षेपण गरेको २०.९९३ अर्ब डलरकै हाराहारी रहेको पाइएको छ।

‘लिनियर डाटा संरचनामा हाम्रो व्यावसायिक क्लाउड अफरिङको निकै महत्वपूर्ण फाइदा छ’, माइक्रोसफ्टका प्रमुख सत्या नाडेलाले कम्पनीले अर्को आर्थिक वर्षको आम्दानीमा कुन हिसाबले दुई अंकको वृद्धि प्रक्षेपण गरेको भन्ने प्रश्नको जवाफमा भने।

टेकनालिसिस रिसर्चका प्रमुख बब ओ’डोनलले उद्योगको प्रवृत्तिलाई थेग्ने माइक्रोसफ्टको क्षमताको चर्चा गरे।

‘ठूला प्रविधि कम्पनीमा हालको विषम परिस्थितिका बावजूद माइक्रोसफ्टको मजबुत आम्दानी तथा प्रक्षेपणले सबै प्रविधि कम्पनी जोखिममा छैनन् भन्ने देखाउँछ’, उनले भने।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार