काठमाडौं ।
गुगलको पिक्सेल ६ स्मार्टफोनमा एप्पलको स्पाटियल अडियो जस्तै अडियो फिचर उपलब्ध हुने भएको छ।
गुगलले हालै सपोर्ट गर्ने सबै पिक्सेल डिभाइसका लागि पहिलो एन्ड्रोइड १३ बिटा सार्वजनिक गरेको छ।
एस्पर डट आईओका मिशाल रहमानको ट्विटर पोस्ट अनुसार पहिलो एन्ड्रोइड १३ बिटामा पाइएको फाइलहरुले पिक्सेल ६ प्रोमा एप्पलको स्पाटियल अडियोजस्तै अडियो फिचर पाउने संकेत गरेका जीएसएमएरिनाले उल्लेख गरेको छ।
यो फिचरले सफ्टवेयर परिमार्जनसँगै हेडफोनबाट आवाज सुन्ने प्रक्रियामा अरु आयामहरु थप्ने अपेक्षा गरिएको छ।
यो नयाँ बिटा भर्सनमा स्पाटियलाइजर अर्थात् स्पर्शका माध्यमबाट आवाज नियन्त्रण गर्ने फिचर थपिसकिएको तर पूर्ण रुपमा इनेबल गर्न भने बाँकी राखिएको बुझिएको छ।
यो फिचरका लागि ‘साउन्डएफएक्स’ मा एउटा शेयर्ड लाइब्रेरी फोल्डर भेटिएको र यसले एन्ड्रोइड १३ को पब्लिक भर्सन आधिकारिक रुपमा सार्वजनिक भएसँगै गुगल पिक्सेल सिरिजमा यस प्रकारको सुविधा उपलब्ध हुनसक्ने संकेत गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार