एलियन जीवनको अध्ययनका लागि शनि-चन्द्रमाको रहस्य खोतल्ने प्रयास गर्दै चिनियाँ वैज्ञानिक

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
एलियन जीवनको अध्ययनका लागि शनि-चन्द्रमाको रहस्य खोतल्ने प्रयास गर्दै चिनियाँ वैज्ञानिक

काठमाडौं ।

चीनका वैज्ञानिकहरुले एलियन अर्थात् अन्य ग्रहका प्राणीहरुको बारेमा अध्ययन गर्नका लागि शनि ग्रहको चन्द्रमाको रहस्य खोतल्ने प्रयास गरेका छन्।

शनि ग्रहलाई घेरेर रहेको चट्टानी भूभाग ताल तलैया तथा नदिहरु रहेको एउटा टाइटन अर्थात् चन्द्रमा रहेको जसलाई शनि ग्रहको चन्द्रमा अर्थात् शनि-चन्द्रमा भनिन्छ।

यसका भूभागमा विभिन्न अर्गानिक अणुहरु रहेका र यसको पर्यावरण निकै घना रहेको सीनेटले उल्लेख गरेको छ।

यो चन्द्रमा हालसम्म भेटिएका पृथ्वीजस्तै देखिने विश्वहरुमध्ये एउटा भएको आकलन गरिएको छ भने यसै हिसाबले पनि यहाँ एलियनहरुको बसोबास वा अस्तित्व हुन सक्ने भन्दै अध्ययन अगाडि बढाइएको बुझिएको छ।

टाइटन अर्थात् अन्य ग्रहका यस्ता चन्द्रमाहरुमा पृथ्वीका धेरै विशेषताहरु मिल्ने भएकाले यिनीहरु ‘पृथ्वीजस्तै’ हुन्छन् भने वैकल्पिक सत्यसहितको पृथ्वी भनेर पनि चिनिन्छ।

शनि ग्रहको उक्त हिउँजत्तिकै चिसो चन्द्रमा पानीको सट्टा तरल मिथेन ग्याँस बगिरहेको हुने र मिथेनका तालमा डुबेको खण्डमा मानव शरीर नराम्ररी जल्न सक्ने खतरा रहेको पनि वैज्ञानिकहरुलाई उद्धृत गर्दै सीनेटले लेखेको छ।

हाम्रो शरीर पृथ्वीको हावापानी अनुसार आकारित भएका कारण उक्त मिथेन निलिएको खण्डमा श्वास फेर्न उकुसमुकुस हुने उनीहरुको भनाइ छ। तर अन्य प्रकारको जीवन उक्त परिस्थितिमा अस्तित्वमा रहेको हुनसक्ने तथ्यलाई भने नकार्न नसकिने भएकाले उक्त खोज बगाडि बढाइएको बुझिएको छ।

अलौकिक जीवन हाम्रैजस्तो हुनु नपर्ने र त्यस्तो जीवन वास्तवमा अस्तित्वमै नभएको पनि हुन सक्छ तर अध्ययनबिना ठोकुवा गर्न भने सकिँदैन।

हालै यस्तै एलियन जीवनको बारेमा अध्ययन गर्न वैज्ञानिकहरुले उक्त चन्द्रमाको अनौठो पर्यावरणले कसरी काम गर्छ भन्ने पत्ता लगाउने र त्यसपछिमात्र एलियनहरु कुन क्षेत्रमा कसरी बसिरेहका छन् भन्ने थाहा पाउन सकिने बताएका छन्।

उनीहरुले हालै जियोफिजिकल रिसर्च लेटर्स नामक जर्नलमा यसै महिना यसबारे रिपोर्ट पनि प्रकाशित गरेका छन्।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...