विपद् जोखिम व्यवस्थापनका लागि मोबाइल एप ‘म त छु तयार’ अनावरण

  • Technology Khabar | १४ बैशाख २०७९, बुधबार
विपद् जोखिम व्यवस्थापनका लागि मोबाइल एप ‘म त छु तयार’ अनावरण

काठमाडौं ।

ठूलो डटकम र इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एण्ड जेन्डर इक्वालिटी (इमर्ज) ले संयुक्तरुपमा ‘म त छु तयार’ नामक मोबाइल एप सार्वजनिक गरेका छन्।

विपद् न्यूनीकरण र व्यवस्थापनमा सघाउने सो एप प्राइभेट सेक्टर इनोभेसन च्यालेन्जको ग्राण्ड फिनालेमा सार्वजनिक गरिएको हो। तयार नेपालका अध्यक्ष ट्यामी ह्यारिसले सो कार्यक्रममा आधिकारिक रुपमा एप लञ्च गरेका थिए ।

यो एप यूएसएडको तयार नेपालको सहकार्यमा ठूलो डटकम र इमर्जको संयुक्त अभियान उद्यमी उथान अभियान अन्तरगत पर्दछ ।

आपद जोखिम न्यूनीकरण र व्यवस्थापन मोबाइल एपले व्यवसायहरुलाई जोखिम न्यूनीकरण गर्न सुझाव र पूर्वतयारीका लागि सहयोग गर्ने गर्दछ । एपले प्रकोपबारे जानकारी टेक्सट, लिंक, भिडियो, ईमेज र अडियोको रुपमा दिने गर्दछ।

प्रकोपको बारेमा जानकारी स्पष्टरुपमा दिनका निम्ति प्रकोपको प्रकार र चरण छुट्याइने गरिन्छ। यो एक अन्तर्क्रियात्मक प्लेटफर्म हो जसले प्रकोपको समयमा प्रयोगकर्ताहरुलाई मार्गदर्शन प्रदान गर्न सक्छ ।

एपलाई पर्सनलाइज्ड बनाउन सकिन्छ। यस एपको अरु फिचरमा मौसम पूर्वानुमान, डिजास्टर रिपोर्टिङ्ग, प्रकोपको बारेमा चेतावनी पाउने, कार्यक्रमहरुको जानकारी पाउने, डिजास्टर म्यानेजमेन्ट सप्लाई स्टोरको पहुँच आदि रहेको छ।

यो एपले दृष्टिमा समस्या हुनेहरुका लागि पनि लक्षित गरी फन्ट साइज कस्टोमाइज गर्न मिल्ने, डार्क मोड र लाइट मोड बिच स्वीच गर्ने र उज्यालो रगं प्रयोग गर्ने जस्ता फिचरहरु एपमा उपलब्ध रहेका छन् ।

यो एप दुवै एन्ड्रोइड र आईओएस एप स्टोरमा उपलब्ध रहेको छ।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...