अझ बढी कसरत गर्न प्रोत्साहन गर्ने हाइ-टेक फिटनेस ऐना

  • Technology Khabar | १४ बैशाख २०७९, बुधबार
अझ बढी कसरत गर्न प्रोत्साहन गर्ने हाइ-टेक फिटनेस ऐना

काठमाडौं ।

हालै कसरत गरिरहँदाका गतिविधिहरु थाहा पाउन र थप कसरत गर्न प्रोत्साहन दिनका लागि उच्च प्रविधियुक्त ऐना बजारमा आएको छ।

स्मार्ट फिटनेस मिरर नाम गरेका ती ऐनाहरु ६ फिट आकारका ठाडो यी ऐनाहरुमा इन्टरनेट कनेक्शन भएको कम्प्युटर जोडिएको हुन्छ भने भिडियो स्क्रीनका रुपमा पनि काम गर्ने भएकाले घरमै कसरत गर्न रुचाउने फिटनेसका पारखीलाई कसरत अझ बढाउन प्रोत्साहन मिल्ने बीबीसीले जनाएको छ।

सामान्य ऐनामा पनि आफ्ना कसरतका गतिविधि हेर्न नमिल्ने होइन तर यी स्मार्ट फिटनेस मिररको मुख्य उद्देश्य कसरत गरिरहँदा फिटनेस प्रशिक्षक अनलाइनमा ऐनामै कसरत गर्ने मान्छेको आकृति सँगै आउने गर्छ।

प्रशिक्षकले कसरतका बारेमा सल्लाह सुझाव दिने र त्यसकै आधारमा प्रयोगकर्ताले आफ्ना कसरतको तरिकालाई अझ फलदायी रुपले लैजान सक्ने समाचारमा उल्लेख छ।

प्रयोगकर्ताले उक्त मिररमार्फत् प्रत्यक्ष रुपमा एक्लै वा समूहमा कसरतका कक्षाहरु लिन सक्छन् जसमा वर्कआउटको सङ्ख्या, तौल, पाइलेट, कार्डियो तथा योगलगायतका सेगमेन्टहरु हुन सक्छन्।

यो मिररमार्फत् प्रशिक्षकको भिडियो तथा अडियो हेर्न र सुन्न सकिने तर आफूले भिडियो कलमा झैं बोलेर पठाउन वा अन्तरक्रिया गर्न भने सकिँदैन।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार