
काठमाडौं ।
डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु ६९९ प्रति महिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ।
मासिक रु ६९९, त्रैमासिक रु २,०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ शुल्क पर्ने यो गजबको प्याकेज अफरमा फाइभजी डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउने कम्पनीले जानकारी दिएको छ।
डिशहोम फाईबरनेट जडान गर्नको लागि संपर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ सम्पर्क गर्नसक्ने जनाएको छ।
कम्पनीले हालसालै मात्र वाईफाई ६ प्रविधिसहितको क्याम्पस वाईफाई राउटर लन्च गरेको छ।
प्रकाशित: १४ बैशाख २०७९, बुधबार