
काठमाडौं ।
सरकारले ६०० डलर भन्दा माथिका माबोइल फोनको आयातमा प्रतिबन्ध लगाएको छ । पछिल्लो दिनमा आयात गर्ने क्रम बढिरहेको र व्यापार घाटा भएको भन्दै सरकारले मोबाइल फोनलगायतका अन्य वस्तुहरुमा आयात प्रतिबन्ध लगाएको हो।
सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो।जसमा माेबाइल फोन समेत रहेको छ। मोबाइल फोनमध्ये ६०० डलर भन्दा तलका फोनहरु आयात गर्न दिनेपनि फ्ल्यागशिप र प्रिमियम फोनहरुको आयातमा रोक लगाईएको हो।
अब नेपालभित्र ६०० डलर अर्थात करिब ७३ हजार भन्दा माथिको मोबाइल आयात गर्न पाईने छैन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो।
यसका साथै सरकारले ३२ इन्च भन्दा माथिका रंगिन टेलिभिजनमा समेत आयात गर्न रोक लगाएको छ।
सूचनाअनुसार साे आयात प्रतिबन्ध २०७९ असार मसान्तसम्मका लागि लागू हुनेछ।
यसअघि देखि नै सरकारले नेपाल राष्ट्र बैंकमार्फत बैंकहरुलाई एलसी नखोल्न निर्देशन दिएको थियो।
२०७९ साल असार मसान्तसम्म पैठारीमा पूर्ण बन्देज लगाएको सूचनाप्रकाशित: १४ बैशाख २०७९, बुधबार