बैशाख मसान्तभित्र पोल भाडा पुरै नतिरे इन्टरनेट तथा केबुलको तार काटिदिने चेतावनी

Technology Khabar १४ बैशाख २०७९, बुधबार

बैशाख मसान्तभित्र पोल भाडा पुरै नतिरे इन्टरनेट तथा केबुलको तार काटिदिने चेतावनी
नेपाल विद्युत प्राधिकरण चितवन बितरण केन्द्रका कर्मचारी पोलमा रहेको इन्टरनेटको तार काट्दै। फाइल तस्बिर

काठमाडौं ।

पोल भाडा नतिरी इन्टरनेट तथा केबुल टिभी सेवा प्रदायकहरु तार काटिदिने चेतावनी नेपाल विद्युत प्राधिकरणले दिएको छ। यसअघि पनि चेतावनी दिँदै आएको विद्युत प्राधिकरणले आफ्नो विद्युतीय संरचनाहरु प्रयोग गरी तथा अप्टिकल फाइवर भाडामा लिई सेवा दिने इन्टरनेट तथा केबुल टिभी सेवा प्रदायकहरुलाई भाडा तिर्न भनेको छ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले टेलिफोन/इन्टरनेट/केवल टि.भि. सेवा संचालन गर्ने सेवा प्रदायक संस्थाहरू मध्ये केही सेवा प्रदायक संस्थाहरुले आंशिक क्षेत्रको मात्र पोल भाडा संझौता गरेको तथा केही सेवा प्रदायक संस्थाहरूले सम्झौता नगरि विद्युतीय संरचनाहरु प्रयोग गरिरहेको भन्दै २०७९ बैशाख मसान्तभित्र सबै भाडा तिर्न भनेको हो।

सो अवधिभित्रमा नतिरेको खण्डमा तार काटिदिने समेत चेतावनी दिएको छ। यसका साथै सेवा प्रदायक संस्थाहरूको सम्बन्धित क्षेत्रको कार्यालयको विद्युत लाइनसमेत काटिदिने चेतावनी दिएको छ।

भाडा तिर्नका लागि विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरी नियमानुसार सम्झौता गर्न, नविकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भूक्तानी गर्न भनिएको छ।

त्यसैगरी नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्नु नगराउन समेत प्राधिकरणले उर्दी जारी गरेको छ।

सूचनामा भनिएको छ, “नियमानुसार सम्झौता नगर्ने सेवा प्रदायक संस्थाहरूको सम्बन्धित क्षेत्रको कार्यालयको विद्युत लाइन नेपाल विद्युत प्राधिकरण विद्युत वितरण विनियमावली, २०७८ को विनियम ३१ अनुसार जुनसुकै समयमा काट्न सकिने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवा प्रदायक संस्था नै हुने व्यहोरा समेत अनुरोध छ।”

प्रकाशित: १४ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया