लुम्बिनी प्रदेशको काम कारबाही बारे गुनासो सुन्न हेलो मुख्यमन्त्री कक्ष सञ्चालन

  • Technology Khabar | १४ बैशाख २०७९, बुधबार
लुम्बिनी प्रदेशको काम कारबाही बारे गुनासो सुन्न हेलो मुख्यमन्त्री कक्ष सञ्चालन

काठमाडौं ।

प्रदेश सरकारको काम कारबाही बारे गुनासो सुन्नका लागि लुम्बिनी प्रदेशले हेलो मुख्यमन्त्री कक्ष सञ्चालनमा ल्याएको छ।

कक्षमार्फत प्रदेश सरकारका गतिविधि तथा सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो, सूचना, जानकारी सम्प्रेषण गर्न र प्राप्त गर्न सहज होस्‌ भन्ने उद्देश्यले हेलो मुख्यमन्त्री कक्ष सञ्चालनमा ल्याएको हो ।

प्रदेशको वार्षिक कार्यक्रम अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो मुख्यमन्त्री कक्षको स्थापना गरी सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।

प्रदेश सरकार र प्रदेशवासीहरुका बिचमा सूचना आदान प्रदानमा सहजता ल्याउनको लागि दैनिक १४ घण्टा (विहान ६ बजेदेखि साँझ ८ बजे सम्म) कक्ष सञ्चालन हुनेछ।

हेलो मुख्यमन्त्री कक्षमा टोल फ्री नम्बर: १६६०७१५२००७, ल्याण्डलाइन टेलिफोन नम्बर: ०७१-५३५८०६, इमेल ठेगाना: [email protected], फेसबुक पेज: HelloCMLumbini र मोबाइल नं. ९८५७०८६४२८ बाट सम्पर्क गर्न सकिने बताईएको छ।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार