मर्जरमार्फत् बिटक्वाइनलाई नै टक्कर दिने इथरको योजना

  • Technology Khabar | १३ बैशाख २०७९, मंगलवार
मर्जरमार्फत् बिटक्वाइनलाई नै टक्कर दिने इथरको योजना

काठमाडौं ।

क्रिप्टोकरेन्सी इथर बिटक्वाइनलाई टक्कर दिनका लागि मर्जरमा जाने भएको छ।

आफ्ना प्रतिस्पर्धीहरुलाई पाखा लगाउने हिसाबले अगाडि बढिरहेको कम्पनीले मर्जरमार्फत् बिटक्वाइनलाई नै टक्कर दिने योजना बनाएको रोयटर्सले जनाएको छ।

क्रिप्टोकरेन्सीका क्षेत्रमा दोस्रो नम्बरमा रहेको इथरले आफ्नो ब्लकचेन इथेरियमलाई अझ द्रूत, सस्तो तथा कम उर्जा खपत गर्ने बनाउनका लागि केही हप्तापछि मर्जरमा जाने भएको बुझिएको छ।

मुद्रास्फीति तथा मौद्रिक कडाईका कारण बिटक्वाइनमाथि दबाब रहेका कारण इथरको यो अपेक्षाले यस वर्ष काम गर्यो। तर रोयटर्सका अनुसार उक्त मर्जरमा ढिलाई भइरहेका कारण लगानीकर्ताकहरुमा भने चिन्ता थपिएको छ।

‘उक्त मर्जरले मूर्त रुप लिन अझै थुप्रै समय लाग्ने देखिएको छ’, विकेन्द्रीकृत डाटा प्लेटफर्म मासा फाइनान्सका संस्थापक तथा सीईओ ब्रेन्डन प्लेफोर्डले भने।

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार