मेटाले आफ्नो पहिलो भौतिक स्टोर मे ९ मा सञ्चालनमा ल्याउने

  • Technology Khabar | १३ बैशाख २०७९, मंगलवार
मेटाले आफ्नो पहिलो भौतिक स्टोर मे ९ मा सञ्चालनमा ल्याउने

काठमाडौं ।

मेटाले आफ्नो पहिलो भौतिक स्टोर आगामी मे ९ मा खोल्ने भएको छ। कम्पनीले मेटाभर्सका लागि आवश्यक पर्ने हार्डवेयर व्यापार विस्तार गर्नका लागि उक्त स्टोर सञ्चालनमा ल्याउन लागेको इन्ग्याजेटले उल्लेख गरेको छ।

मेटा स्टोर नामक उक्त स्टोर मे ९ मा मेटाको रियालिटी ल्याब्स डिभिजन नजिकै पर्ने क्यालिफोर्नियाको बर्लिङ्गेममा खोलिने बताइएको छ।

उक्त स्टोरमा कम्पनीका भीआर हेडसेट, रे-ब्यान स्टोरिज चश्माहरु तथा पोर्टल डिभाइसहरु उपलब्ध हुनेछन् भने यहाँ क्रेताहरुका लागि अन्तरक्रियात्मक प्रदर्शनीहरु पनि गरेर देखाइने कम्पनीलाई उद्धृत गर्दै इन्ग्याजेटले लेखेको छ।

मेटाका लागि भौतिक खुद्रा स्टोरहरु हार्डवेयर बेच्नका लागि मात्र नभई भीआर तथा एआर प्रविधिका बारेमा बढीभन्दा बढी व्यक्तिहरुमा जानकारी पुर्याउनु रहेको बुझिएको छ।

रियालिटी डेमोका लागि आएका ग्राहकको हेडसेटमा रहेका सामग्री स्टोरका भित्ता ढाकिने गरी राखिएका विशाल डिस्प्लेहरुमा प्रदर्शन गरिनेछ। कम्पनीका सीईओ मार्क जुकरबर्गले केही समयअघि आफ्नो फेसबुक पेजमा उक्त डिस्प्लेको टिजर राखेका थिए।

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • १३ बैशाख २०७९, मंगलवार