चर्चित दक्षिण भारतीय सिनेमा केजीएफ च्याप्टर २ अब ओटीटीमा रिलीज हुने

  • Technology Khabar | १३ बैशाख २०७९, मंगलवार
चर्चित दक्षिण भारतीय सिनेमा केजीएफ च्याप्टर २ अब ओटीटीमा रिलीज हुने

काठमाडौं ।

दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘केजीएफ च्याप्टर २’ ले रिलिज हुने बित्तिकै ठूलो पर्दामा कमाईको नयाँ रेकर्ड बनाएको छ। यो सिनेमाले नेपालमा पनि निकै राम्रो व्यापार गरिरहेको विभिन्न समाचारहरु समेत आईरहेका छन्।

योसँगै यदि तपाईले समय अभावका कारण सुपरस्टार यशको यो फिल्म हलमा हेर्न सक्नु भएको छैन भने तपाईका लागि खुसीको खबर आएको छ। वास्तवमा, रिपोर्टहरूमा बताईएअनुसार यो फिल्म छिट्टै ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ।फिल्म हिन्दी, कन्नड, तेलुगु, मलायालम र तमिल भाषामा स्ट्रिम गरिनेछ।

केजीएफ च्याप्टर २ यस ओटीटीमा स्ट्रिम गरिने

भारतीय मिडिया साइट न्यूज १८ को रिपोर्ट अनुसार केजीएफ च्याप्टर २ को डिजिटल अधिकार ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले किनेको छ। यसको मतलब यशको फिल्म अमेजन प्राइम भिडियोमा स्ट्रिम हुनेछ।

रिपोर्टहरूमा भनिएको छ कि ‘केजीएफ च्याप्टर २’ अर्को महिना मे २७ देखि अमेजन प्राइममा स्ट्रिम हुनेछ। तर, अहिलेसम्म फिल्मको ओटीटी रिलिजको आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन। यो चलचित्र भारत नेपालसहितका देशहरुमा यस महिना अप्रिल १४ मा सिनेमाघरहरूमा रिलिज भएको थियो।

‘बाहुबली २’ ले कमाईको रेकर्ड तोड्यो

केजीएफ च्याप्टर २ रिलिजको सातौं दिनमा पनि भारतको हिन्दी भाषी राज्यहरूमा व्यापकरुपमा हेरिएको छ। गत बिहीबार फिल्मको हिन्दी संस्करणले २०१७ मा रिलिज भएको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोडेको बताईएको थियो।

जसले रिलिजको पहिलो सात दिनमा बक्स अफिसमा २४६ करोड भारु कमाएको थियो। योसँगै ‘केजीएफ २’ ले रिलिजको सातौं दिनमा २५० करोड भारु कमाएर ‘बाहुबली २’ को रेकर्ड तोडेको हो।

केजीएफ च्याप्टर २ बाहेक अर्को चर्चित सिनेमा आरआरआर पनि ओटीटीमा चाँडै आउँदैछ। यो फिल्म एक मात्र नभई दुई ओटीटी प्लेटफर्ममा रिलिज हुनेछन्। मिडिया रिपोर्टका अनुसार आरआरआर फिल्म जी५ मा भारतका क्षेत्रीय भाषाहरूमा पनि स्ट्रिम हुनेछ। यद्यपि, यो फिल्म ओटीटीमा रिलिज हुनको लागि केही समय कुर्नुपर्ने बताईएको छ।

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार