नौ महिनामा नेपालमा कति भित्रिए गेमिङ कन्सोल? हेर्नुहोस् आँकडा

  • Technology Khabar | १३ बैशाख २०७९, मंगलवार
नौ महिनामा नेपालमा कति भित्रिए गेमिङ कन्सोल? हेर्नुहोस् आँकडा

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा यो आर्थिक वर्षको शुरुवाती ९ महिनामा ४८ लाख ३३ हजार रुपैयाँ बराबरका गेमिङ कन्सोल आयात भएका छन्।

युवा पींढीको प्रविधिप्रतिको रुचि तथा इन्टरनेटको सुविधा बढेका कारण पनि यस्ता कन्सोलहरुको खपत बढ्दै गइरहेको पाइएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्मको आँकडा अनुसार नेपालमा उक्त परिमाण बराबरको २ हजार ६९ थान गेमिङ कन्सोल भित्रिएका छन्।

यीमध्ये सबैभन्दा बढी चीनबाट ३३ लाख ५५ हजार रुपैयाँ बराबरको १ हजार ९८४ थान गेमिङ कन्सोल आयात पाइएको छ।

यसपछि जापानबाट ३ लाख २१ हजार रुपैयाँ बराबरको ४५ थान, अमेरिकाबाट २ लाख ६९ हजार बराबरको १० थान, भारतबाट ६ लाख ७३ हजार रुपैयाँ बराबरको ७ थान, तथा मलेसियाबाट २२ हजार रुपैयाँ बराबरको ५ थान गेमिङ कन्सोल नेपाल भित्रिएका छन्।

यस्तै, अस्ट्रेलिया तथा बेलायतबाट क्रमश: ४५ तथा ३६ हजार रुपैयाँबराबरको ४-४ थान, यूएई र ताञ्जानियाबाट क्रमश: ४९ हजार र ३ हजार बराबरका ३-३ थान तथा क्यानडा, फिलिपिन्स, थाइल्याण्ड र भेनेजुयलाबाट १-१ थान भिडियो गेमिङ कन्ट्ठोल आयात भएका छन् जसको मूल्य ५८ हजारदेखि १ हजार रुपैयाँसम्म रहेका छन्।

यस्तो छ ९ महिनाको समग्र भिडियो गेमिङ कन्सोल आयातको आँकडा:

देशसङ्ख्यारकम रु.देशसङ्ख्यारकम रु.
चीन१९८४३३, ५५, ०००थाइल्याण्ड१,०००
अस्ट्रेलिया४५, ०००यूएई४९,०००
क्यानडा५८, ०००बेलायत३६,०००
भारत६, ७३, ०००ताञ्जानिया३,०००
जापान४५३, २१, ०००अमेरिका१०२, ६९,०००
मलेसिया२२, ०००भेनेजुयला१०००
फिलिपिन्स२,०००

 

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार