भिडियो क्याप्शन अन/अफ गर्न मिल्ने सीसी बटन परीक्षण गर्दै ट्विटर

  • Technology Khabar | १२ बैशाख २०७९, सोमबार
भिडियो क्याप्शन अन/अफ गर्न मिल्ने सीसी बटन परीक्षण गर्दै ट्विटर

काठमाडौं ।

माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले भिडियो क्याप्शन अन/अफ गर्न मिल्ने सीसी बटनको परीक्षण थालेको छ।

यो फिचर हाल केही आईओएस यूजरहरुलाई उपलब्ध हुने र छिट्टै एन्ड्रोइड यूजरका लागि पनि उपलब्ध गराइने टेकक्रन्चले उल्लेख गरेको छ।

हालै ट्विटरले एउटा भिडियो पोस्ट गर्दै सीसी बटन भिडियोको दायाँपट्टि माथितिर देखिने र त्यसमा क्याप्शन पनि उपलब्ध हुने उल्लेख गरेको छ।

‘भिडियोमा क्याप्शन भएको वा नभएको छनोट गर्न केही आईओएस यूजरले पाउने भएका छन् र यो छिट्टै एन्ड्रोइडमा पनि उपलब्ध हुनेछ’, कम्पनीले ट्वीटमा भनेको छ, ‘हामी क्याप्शन उपलब्ध भएका भिडियोहरुमा क्याप्शन अन/अफ गर्ने नयाँ सीसी बटन परीक्षण गरिरहेका छौं।’

प्रकाशित: १२ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार