इन्स्टाग्राम एकाउन्ट डिलिट गर्नुछ? यी चरणहरु अनुसरण गर्नुहोस्

  • Technology Khabar | १२ बैशाख २०७९, सोमबार
इन्स्टाग्राम एकाउन्ट डिलिट गर्नुछ? यी चरणहरु अनुसरण गर्नुहोस्

काठमाडौं ।

इन्स्टाग्राम एउटा लोकप्रिय छोटो भिडियो शेयरिङ प्लेटफर्म हो। अधिकांश व्यक्तिहरु यो एपको प्रयोग गर्दछन्।

तर धेरै चलाएका कारण थुप्रै व्यक्तिहरुका लागि आफ्ना पढाई तथा काममा कम समय दिने समस्यामा परेका हुन्छन्। यस्तोमा यो एप डिलिट गर्ने सोचाई आउन सक्छ। यदि इन्स्टाग्राम एकाउन्ट डिलिट गर्नुपरेमा के गर्ने त?

आउनुहोस् यसका केही चरणहरुका बारेमा जानौं।

तर ध्यान दिनुपर्ने कुरा के हो भने एकपटक इन्स्टाग्राम एकाउन्ट डिलिट गरेपछि उक्त प्लेटफर्ममा शेयर गरिएका सबै फोटो, भिडियो तथा कमेन्ट आदि सधैंका लागि हट्छन। यसैले यी कुराहरुबाट बच्नका लागि एकाउन्ट नै डिलिट गर्नुको साटो केही दिनका लागि डिसेबल गर्ने तरिका उपयुक्त हुन सक्दछ।

तर डिलिट गर्नु नै अन्तिम निर्णय हो भने तल दिइएका केही चरणहरु पार गर्नुपर्ने हुन्छ।

इन्स्टाग्राम एकाउन्ट डिलिट गरेपछि सबै फोटो तथा पोस्टहरु पनि हट्ने भएकाले डिलिट गर्नुअघि ती सबैलाई डाउनलोड गरेर राख्नु उपयुक्त हुन्छ।

  • एकाउन्ट डिलिट गर्नका लागि डिलिट योर एकाउन्ट पेजमा जाने।
  • एकाउन्ट डिलिट गर्नका लागि मोबाइल ब्राउजर वा कम्प्युटरमार्फत् नै जानुपर्ने हुन्छ। इन्स्टाग्राम एपबाट एकाउन्ट डिलिट गर्न सकिँदैन।
  • यदि वेब ब्राउजरमार्फत् लग इन नगरी प्रक्रियामा जान खोजेमा इन्स्टाग्राम एकाउन्टमार्फत् लग इन गर्नका लागि सुझाव आउँछ।
  • अब स्क्रीनमा ‘ह्वाइ डू यू वान्ट टू डिलिट?’ भन्ने प्रश्न देखा पर्छ।
  • उक्त प्रश्नको अगाडि रहेको ड्रप डाउन मेनूमा क्लिक गर्ने।
  • अब आफूले इन्स्टाग्राम एकाउन्ट डिलिट गर्न चाहेको कारण सेलेक्ट गर्ने।
  • यसपछि ‍डिलिट (आफ्नो यूजरनेम) मा क्लिक गर्ने।
  • अब तपाईँको इन्स्टाग्राम एकाउन्ट सधैंका लागि डिलिट हुन्छ। यो अप्शन एकाउन्ट डिलिट गर्नुपरेको कारण सेलेक्ट गरेपछिमात्र आउँछ।

प्रकाशित: १२ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...