स्मार्टवाच प्रति आकर्षण बढ्दो, नौ महिनामा आए साढ‍े ३ लाख हाराहरी डिभाइस

  • Technology Khabar | १२ बैशाख २०७९, सोमबार

काठमाडौं ।

-साजन सुवेदी

चालु आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्म नेपालमा ४८ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्।

यो तथ्याङ्क भन्सार विभागले हालै अद्यावधिक गरेको यो आर्थिक वर्षको चैत्र मसान्तसम्मको प्रतिवेदनमा उल्लेख गरिएको छ।

तथ्याङ्क अनुसार आर्थिक वर्षको नौ महिनाको अवधिमा उक्त रकम बराबरको ३ लाख ३८ हजार ९१८ थान स्मार्टवाच आयात गरिएको हो।

यो आँकडा शुरुवाती ८  महिना अर्थात् फागुन मसान्तसम्म ४५ करोड ३२ लाख ६५ हजार तथा माघ मसान्तसम्म ४३ करोड १० लाख ८३ हजार रुपैयाँको थियो।

यस हिसाबले माघदेखि फागुनसम्मको एक महिनामा २ करोड २१ लाख ८० हजार रुपैयाँ तथा फागुनदेखि चैत्रसम्मको एक महिनामा ३ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएका देखिन्छ।

यस्तै सङ्ख्याका हिसाबले माघदेखि फागुन मसान्तसम्मको अवधिमा भने १६ हजार ३० थानले बढेकोमा फागुनदेखि फागुन मसान्तसम्मको अवधिमा भने १३ हजार ८७० थान स्मार्टवाचको आयात बढेको देखिन्छ।

सबैभन्दा बढी चीनबाट ३,२०,०५८ थान

आयात भएकामध्ये चीनबाट सबैभन्दा धेरै अर्थात् ३ लाख २० हजार ५८ ओटा तथा भारत बाट १३ हजार ७२९ ओटा स्मार्टवाचहरु आयात भएका छन्।

यी स्मार्टवाचका मूल्यमध्ये चीनबाट आयात गरिएकाको ३८ करोड २७ लाख १ हजार तथा भारतबाट ल्याइएकाको २ करोड ४३ लाख ६७ हजार रुपैयाँ रहेको छ।

यसबाहेक यो आर्थिक वर्षको ९ महिनाको अवधिमा अन्य २२ देशबाट पनि विभिन्न सङ्ख्यामा स्मार्टवाचहरु आयात भएको प्रतिवेदनमा उल्लेख छ। उक्त सूचीलाई तालिकामा यसरी हेर्न सकिन्छ।

देशसङ्ख्यारकम रु.देशसङ्ख्यारकम रु.
अस्ट्रेलिया७९८, २५, ०००कोरिया३४६, ८८,०००
बेलायत१५८, ०००कुवेत८,०००
भियतनाम२, ५२१७, ०६, ५६, ०००मलेसिया२१,०००
साइप्रस७, ०००न्यूजिल्याण्ड१४,०००
चेक रिपब्लिक२५, ७६, ०००अमेरिका८०१०, ९८, ०००
फ्रान्स१४,०००सिंगापुर२७,०००
हङकङ८,०००ताइवान२, ३४५१९, ४०, ०००
यूएई२५५,४८,०००थाइल्याण्ड१६,०००
जापान१२१, १३, ०००यूक्रेन१०, ०००
फिलिपिन्स४,०००क्यानड२,०००
पोल्याण्ड५, ०००फिनल्याण्ड१२, ०००

प्रकाशित: १२ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार