
काठमाडौं ।
कम्पनी बिक्रीको विकल्प खुलाएको तोशिबाको शेयर मूल्य गत शुक्रबार ५ प्रतिशतले बढेको छ।
कम्पनीले हेज फन्डका लगानीकर्ताबाट मुक्ति पाउन सम्भाव्य क्रेताहरुका लागि कम्पनी किन्ने विकल्प खुला गरेपटि टोक्यो ट्रेडमा शेयर मूल्य बढेको हो।
केही वर्षयता आफ्ना केही मुख्य शेयरधनीहरुसँगको विवादमा मुछिँदै आएको तोशिबाले बिहीबार रणनीतिक विकल्पमार्फत् कम्पनीलाई निजीकरण गर्न लागि वित्तीय सल्लाहकारका रुपमा नोमुरा सेक्युरिटिजलाई छनोट गरेको बताएको छ।
लगातार शेयरधनीहरुबाट दबाबमा रहँदै आएको कम्पनीले वार्षिक साधारण सभाअघि यस्तो घोषणा गरेको हो।
तोशिबाको शेयर सन् २०१३ यता पहिलोपटक ४.७ प्रतिशतको वृद्धिसहित ५४०० येन पुगेको रोयटर्सले जनाएको छ।
कम्पनीले निजीकरणमा जाने वा अन्य विकल्पका लागि कार्यान्वयनयोग्य प्रस्तावहरुमा प्रतिबद्ध रहेको र त्यसबारे शेयरधनीहरुलाई जानकारी गराउने बताएको छ।
प्रकाशित: १२ बैशाख २०७९, सोमबार