एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्दा वस्तु तथा सेवाको खरिदमा ५,००० सम्मको छुट

  • Technology Khabar | ११ बैशाख २०७९, आईतवार
एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्दा वस्तु तथा सेवाको खरिदमा ५,००० सम्मको छुट

काठमाडौं ।

एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ईकमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ।

दराज,ग्यापू, सस्तोडिल, भोजमाण्डु, फूडबाइट(क्विकर),यूजीबजार,  खानपिन जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं ट्याक्सीमाण्डू, यति एयरलाइन्स, सोनी लीभ र अल्ट बालाजीका अनलाईन प्लेटफर्ममार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईसी एशिया मोबैंक (NIC ASIA MoBank) मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्णरुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहक महानुभावलाई एसएमएस वा इमेलमार्फत माथि उल्लेखित मर्चेन्टहरुद्वारा प्रदान गरिएको प्रोमो कोड वा डिस्काउन्ट लिंक पठाउने व्यवस्था गरेको छ। बैंकले पठाएको प्रोमो कोड वा डिस्काउन्ट लिंकप्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्ने बताईएको छ।

यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ। अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको जनाएको छ।

यो योजनाबाट लाभ लिनका लागि ग्राहक महानुभावहरुले यस बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ । यसरी अनलाईन खाता खोलेपश्चात् ग्राहक महानुभावले आफुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई केवाईसी फर्म भरी आफ्नो अनलाईन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्ने बैंकले जनाएको छ।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार