प्योर ईभीले भारतीय बजारबाट फिर्ता लियो २०० विद्युतीय स्कुटरहरू

  • Technology Khabar | ११ बैशाख २०७९, आईतवार
प्योर ईभीले भारतीय बजारबाट फिर्ता लियो २०० विद्युतीय स्कुटरहरू

काठमाडौं ।

भारतमा हैदराबादको अर्को ईभी कम्पनीले ई-स्कुटरका २,००० इकाइहरू फिर्ता बोलाएको अर्थात रिकल गरेको छ। प्योर ईभी (Pure EV) ले भारतको बजारमा ई ट्रान्स (ETrance), ई-प्लूटो (EPluto) र ई ट्राइस्ट (ETryst) जस्ता विद्युतीय स्कुटरहरू बिक्री गर्छ।

प्योर ईभी स्कुटरले पछिल्लो समय भारतका तेलंगाना र तमिलनाडुमा धेरै आगलागीका घटनाहरू देखेको छ। यही गडबडीका कारण कम्पनीले यस्तो कदम चालेको भारतीय मिडियाहरुले जनाएका छन्।

यसअघि ओकिनावा अटोटेकले आगलागीका कारण आफ्ना ३ हजारभन्दा बढी विद्युतीय स्कुटरहरु फिर्ता बोलाएको थियो ।

भर्खरै प्योर ईभी स्कुटरको ब्याट्रीमा आगलागी हुँदा एक ८० वर्षीय वृद्धको जलेर मृत्यु भएको थियो। त्यसबेला ईभी घर भित्र चार्ज भइरहेको थियो। यस घटनामा अन्य तीन जना पनि घाइते भएको बताइएको छ।

बिहीबार, प्योर ईभीले हैदराबाद नजिकै निजामाबादमा भएको घटनाप्रति खेद प्रकट गरेको छ। फिर्ता गरिएका एकाइहरूमा ई ट्रान्स प्लस र ई-प्लूटो ७जी इलेक्ट्रिक स्कुटरहरू समावेश छन्।

समाचार रिपोर्टकाअनुसार निजामाबाद सहायक पुलिस आयुक्त वेंकटेश्वरलुका अनुसार, प्योर ईभी कम्पनीका  विरुद्ध आईपीसीको धारा ३०४ए (लापरवाहीका कारण मृत्यु) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

यसभन्दा केही समय अघि पनि भारतको तेलंगानामा नै अर्को प्योर ईभी इलेक्ट्रिक स्कुटरमा आगलागी भएको थियो। यसै क्रममा वारङ्गल जिल्लाको पार्किङ स्थलमा पार्किङ गरिएको प्योर ईभीको विद्युतीय स्कुटरमा अचानक आगलागी भएको बताईएको थियो। भाइरल भिडियोमा विद्युतीय स्कुटर जलेको देख्न सकिन्छ।

प्योर ईभीको विद्युतीय स्कुटरमा आगलागी भएको यो पाँचौं घटना हो । सेप्टेम्बर २०२१ मा पनि कम्पनीका दुईवटा विद्युतीय स्कुटरमा आगो लागेको थियो।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार