ह्वाट्सएप बिजनेसको लागि सशुल्क सदस्यता सेवा ल्याउँदै मेटा

  • Technology Khabar | ११ बैशाख २०७९, आईतवार
ह्वाट्सएप बिजनेसको लागि सशुल्क सदस्यता सेवा ल्याउँदै मेटा

काठमाडौं ।

मेसेजिङ्ग एप ह्वाट्सएपले दैनिकजसो नयाँ फिचर र सेवाहरु लन्च गरिरहेको छ। सबैभन्दा लोकप्रिय रहेको ह्वाट्सएपले अब व्यापारीक प्रयोगकर्ताहरूको लागि सदस्यता योजनाहरू ल्याउने बताईएको छ।

ह्वाट्सएपसँग सम्बन्धित समाचारकाअनुसार मेटाले चाँडै नै इन्स्ट्यान्ट मेसेजिङ एपको बिजनेस संस्करणको सदस्यता योजना ल्याउने तयारी गरिरहेको छ। रिपोर्टकाअनुसार, व्हाट्सएपले एक प्रकारको सशुल्क सेवामा काम गरिरहेको छ, जुन व्यापार संस्करण प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि मात्र हुनेछ।

एपको ब्यापार खाता प्रयोगकर्ताहरूले सशुल्क सेवा लिएपछि केही अतिरिक्त सुविधाहरू प्राप्त गर्नेछन्। यद्यपि, ‘ह्वाट्सएप बिजनेस’को लागि आउने यो सशुल्क सेवा ऐच्छिक हुनेछ अर्थात् प्रयोगकर्ताले चाहेमा लिन सक्छन्। कम्पनीले प्रयोगकर्तालाई यो सेवा लिन बाध्य पार्दैन।

रिपोर्टका अनुसार ह्वाट्सएप बिजनेसको सशुल्क सेवा लिने प्रयोगकर्ताहरूलाई धेरै डिभाइसहरु लिङ्क गर्ने स्वतन्त्रता हुनेछ। साथै, प्रयोगकर्ताहरूले ग्रुप कलिङमा थप प्रयोगकर्ताहरू थप्न सक्षम हुनेछन्।

यद्यपी यो सशुल्क सुविधा कहिले लन्च हुने भन्ने बारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन्।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार