एप्पल विरुद्ध प्रतिस्पर्धा विरोधी मुद्दा लगाउनु वैध भएको मस्कोको अदालतको निर्णय

  • Technology Khabar | १० बैशाख २०७९, शनिबार
एप्पल विरुद्ध प्रतिस्पर्धा विरोधी मुद्दा लगाउनु वैध भएको मस्कोको अदालतको निर्णय

काठमाडौं ।

रुसको एकाधिकार विरोधी नियामकले एप स्टोरको भुक्तानी विवादमा एप्पल विरुद्ध प्रतिस्पर्धा विरोधी मुद्दा खोल्नु वैध भएको मस्कोको एक अदालतले बिहीबार फैसला गरेको छ।

रुसी समाचार एजेन्सी आरआईएले रिपोर्ट गरेअनुसार अदालतले अमेरिकी कम्पनीले ल्याएको मुद्दा खारेज गर्दै सो निर्णय गरेको हो।

रसियाले अक्टोबरमा एप्पल विरुद्ध एन्टीट्रस्ट मुद्दा सुरु गरेको थियो। जसमा एप विकासकर्ताहरूलाई यसको एप स्टोर प्रयोग गर्दा वैकल्पिक भुक्तानी विकल्पहरू बारे ग्राहकहरूलाई बताउन अनुमति दिन असफल भएको आरोप लगाईएको छ। यदि दोषी पाइएमा एप्पलले रसियामा भएको राजस्वको आधारमा जरिवाना तिर्न सक्ने बताएको रोयटर्सले उल्लेख गरेको छ।

आरआईएले मस्को मध्यस्थता अदालतले एप्पलको मुद्दालाई पूर्ण रूपमा खारेज गरेको बताएको छ। उक्त निर्णयविरुद्ध पुनरावेदन गर्न सकिने समेत बताएको छ।

कानूनी फर्म चेर्निशोभ, लुकोयानोभ र पार्टनर्सले बुधबार छुट्टै एप्पल विरुद्ध रुसी उपभोक्ता अधिकारको उल्लङ्घन भएको भन्दै मुद्दाको तयारी गरिरहेको बताएको छ। रुसले फेब्रुअरी २४ मा युक्रेनमा हजारौं सेना पठाएको प्रतिक्रियामा कम्पनीले मार्च १ मा एप्पल पेको प्रयोगमा प्रतिबन्ध लगाएपछि ग्राहकहरुले  कारोबार गर्न नपाएको गुनासो र उजुरी गरेको बताईएको छ।

स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सको विरूद्ध उस्तै किसिमको मुद्दाको पछाडि पनि सोही कानूनी फर्म छ।

प्रकाशित: १० बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार