
काठमाडौं ।
रियलमीले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। इन्ट्री लेभलमा स्टाइलिस डिजाइनसहितको रियलमी सी-३५ सार्वजनिक गरिएको हो।
६.६ इन्चको फुलएचडी डिस्प्ले भएको रियलमी सी ३५ मा फोटोग्राफीका लागि ५० मेगापिक्सेलको मुख्य क्यामरा दिइएको छ। यसमा युनिस्को टी-६१६ प्रोसेसर छ भने डिआरई डाइनामिक र्याम दिइएको छ।
फोनमा पाँच हजार एमएएच ब्याट्री छ। यसले १८ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। फोन जम्मा ४९ मिनेटमा पूरा चार्ज हुन्छ।
नेपाली बजारमा रियलमी सी ३५ कालो र हरियो गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ। यो ४ जीबी र्याम भेरियन्टमा ६४ र १२८ गरी दुई फरक स्टोरेजमा उपलब्ध छ।
कम्पनीले ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य २० हजार चार सय ९९ रूपैयाँ र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २१ हजार नौ सय ९९ रूपैयाँ तोकेको जनाएको छ।
प्रकाशित: १० बैशाख २०७९, शनिबार