क्रिप्टो एक्सचेन्ज बाइनान्सले स्वस्तिक जस्तै देखिने ईमोजी हटाउने

  • Technology Khabar | १० बैशाख २०७९, शनिबार
क्रिप्टो एक्सचेन्ज बाइनान्सले स्वस्तिक जस्तै देखिने ईमोजी हटाउने

काठमाडौं ।

क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले स्वस्तिक चिह्न जस्तो देखिने ईमोजी बन्द गर्नुपर्ने भएको छ।

हालै ट्विटरमा एक यूजरले उक्त ईमोजी स्वस्तिक चिह्नजस्तै देखिने भन्दै पोस्ट राखेपछि कम्पनीलाई उक्त ईमोजी हटाउन दबाब आइरहेको बीबीसीले जनाएको छ।

कम्पनीले ट्विटरमा उक्त कुरा निकै निराशाजनक रहेको बताउँदै डिजाइन रद्द गरेर नयाँ बनाउने जनाएको छ।

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले उक्त डिजाइन थुप्रै तहको समीक्षापछि कसरी पारित भयो भन्ने पक्का नभएको बताएको छ।

अंग्रेजी अक्षर एल आकारका चार ओटा टुक्रा जोडेर स्वस्तिकको आकार दिएर त्यसको ठिक बिचमा कम्पनीको लोगो राखिएको उक्त ईमोजी प्रस्ट रुपमा स्वस्तिक नै देखिन्छ।

प्रकाशित: १० बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार